नेपाली ऐक्यबद्धता मंच स्विसद्वारा आयोजित तेरिया मगरलाई स्वागत कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ फागुन १ गते २२:३७ मा प्रकाशित

swiss 2

नेपाली ऐक्यबद्धता मंच (नेसोफ स्विस) स्विटजरल्याण्डद्वारा आयोजित तेरिया मगरलाई स्वागत तथा संयुक्त डिनर कार्यक्रम शुक्रवार १२ फेब्रअरीका दिन जुरिचमा सम्पन्न भएको छ ।

निर्धारित समय भन्दा ढिला सुरु भएको स्वागत कार्यक्रममा ‘डिआइडि’ लिटिल मास्टर तेस्रो सीजन कि विजेता तेरिया फौजा मगर,लोक गायिका लाली बुढाथोकी मगर तथा गिनिस बुकमा आफ्नो नाम लेखाइसकेका गाएक सुमन बुढा मगरको पनि उपस्थित रहेको थियो । मगरले २०१२ मा एकै पटक चार वटा एल्बम निकाल्न सफल भएका थियो ।

swiss 3

प्रतियोगितामा आफुलाई माया गरि भोटिंग गरि जिताउनु हुने र स्वागत सम्मान गर्नुहुने सबैमा तेरिया फौज मगरले आभारी ब्यक्त गरेकी थिइन् । उपस्थितिहरुका माझमा स्टेजका कारण आफ्नो प्रतिभा प्रस्तुत गर्न असमर्थ रहेको जनाउंदै हिन्दि सायरीले मनोरंजन गराएकी थिइन् । छोरिले आफ्नो प्रतिभा देखाउन नसकेता पनि छोरिको तर्फबाट आमा अनिता फौजा मगरले भने ‘परदेशी’ नेपाली चलचित्रको गितको बोल ” बिछोडको करौतिले काट्न मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुइटा बाटो फाट्यो” गाउँदै दर्शकहरु सामुबाट बिदा मागेकी थिइन् ।

गायिका लाली बुढाथोकीले आफ्नो सुमधुर स्वरमा ” बिर्सिएर दुखका दिन नाचौं गाऔं भेट भाको दिन”, “सालैजो…..” जस्ता गितमा दर्शकहरुलाई नचाएका थिय । अमेरिकामा बसोवास गर्दै आएका गाएक सुमन बुढा मगरले भने गायिका कोमल ओली संग गाएका प्रख्यात गित “पोइला जान पाम पाम शिव …..” जस्ता गीतमा उपस्थितिहरुलाई जिउ हल्लाउन बाध्य बनाएका थिय । कलाकारका साथ् साथै नेपाली जन सम्पर्क समितिका अध्यक्ष राम महत्तोले पनि नेपाली र थारु गित गाउँदा दर्शकहरु उत्साहित भएका थियो ।

swiss 4

नेपाली एक्य बद्धता मंच स्विटजरल्याण्डले गरेको अन्य कार्यक्रम बाहेक मनोरन्जानात्मक लगाएत सम्मान भनि गरेको २००९ पछिको यो दोश्रो कार्यक्रम रहेको छ । कार्यक्रम संचालन मंचका महा सचिव कमल के.सीले गरेका थिय । सभापतित्व मंचका अध्यक्ष अचुत प्रसाद फुयाल तथा स्वागत मन्तब्य मंचका सदस्य कमल भट्टले गरेका थियो ।

एन आर एन ए स्विटजरल्याण्डका निबर्तमान अध्यक्ष धर्म गुरुङ , एन आर एन ए स्विटजरल्याण्डका बर्तमान उपाध्यक्ष सिमा गौतम आर्याल लगाएत स्विटजरल्याण्डका विभिन्न संघ – संस्था,समाजका प्रतिनिधिहरुको उपस्थित लगाएत छोटो स्वागत मन्तब्य गर्दै संयुक्त रुपमा सम्मान गरेका थिय । उपस्थितिहरुले कलाकारहरुको प्रतिभालाइ सम्मान गर्दै स्वइच्छाले दिएका रकम जम्मा स्विस फ्रान्क ८९० ( आठ सय नब्य ) कलाकार समक्ष स्टेजमै हस्तान्तरण गरेको थियो ।

बिस्व मगर संघ बेल्जिएमको निमन्त्रणामा युरोप आएकी ‘डी आइ डी’ लिटल मास्टर तेरिया फौज मगर अहिले युरोपका विभिन्न देशमा आफ्नो कला देखाउने बाटोमा छिन् ।

swiss 1

swissnepal

प्रतिक्रिया