बिहीबार, असार ३ २०७८
काठमाडौं २३:२६
वासिङटन डिसी 13:41

अनेसासद्वारा २० महिला सर्जकलाई सम्मान “अनेसास विशिष्ट साहित्य सम्मान ” र “अनेसास डायस्पोरा साहित्य सम्मान”

इनेप्लिज २०७२ फागुन १ गते १५:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले १० जना महिलालाई “अनेसास विशिष्ट साहित्य सम्मान ” र १० जनालाई “अनेसास डायस्पोरा साहित्य सम्मान” प्रदान गर्ने भएको छ | आगामी मार्च ४ देखि ६ सम्म अष्ट्रेलियाको सिडनीमा आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका अवसरमा उहाहरूलाई सम्मान गर्न लागिएको हो | समाजद्वारा प्रेषित बिज्ञप्ति अनुसार रमा शर्मा , भागीरथी श्रेष्ठ, पद्मावती सिंह, कुन्ता शर्मा, भद्रकुमारी घले, तोया गुरुङ, उषा शेरचन, लक्कीदेबी सुन्दास , डा. कविता लामा , र डा. उषा ठाकुरलाई “अनेसास विशिष्ट सम्मान” अर्पण गरिने भएको हो |
यसैगरी अनेसास डायस्पोरा सम्मानद्वारा बिमला निरौला (अमेरिका) , रजनी श्रेष्ठ (अमेरिका), आचार्य प्रभा (अमेरिका) , मन्जु निरौला (अमेरिका) , दीपा एवाई राई (हंगकन), जया राई ( बेलायत ), निशा अर्याल ( इजरायल ) , सुचित्रा खनिया ( इजरायल ), जानकी ढकाल ( अष्ट्रेलिया ) र मन्जुश्री थापा ( क्यानडा ) सम्मानित हुनु हुने भएको छ | समाजका अध्यक्ष पदम विश्वकर्मा संयोजकत्वमा ,समाजका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र महासचिव गोवर्धन पूजा सदस्य रहेको समितिको बैठकले उक्त निर्णय गरेको हो |

प्रतिक्रिया