नभन्नु है आमा तिमीले, टाढा भए छोराछोरी
नझार्नु है बेदनाका, टिलपिल आँशु आँखाभरि
जस्तै दुख गरेर नि, ल्याउँला धन कमाएर
बसौंला नि परिवारै, हाँसीखुसी रमाएर
बसौंला नि परिवारै, हाँसीखुसी रमाएर |
तिम्रो काख छाडीछाडी, विदेशिने रहर होइन
गरुं केही स्वदेशमै, टेक्ने कुनै आधार छैन
भोको पेट भरिएन, हिमाल तराई हेरीहेरी
नांगो हर छोपिएन, दशैँ पर्खी टालो फेरी
नांगो हर छोपिएन, दशैँ पर्खी टालो फेरी |
धेरै आए फर्कीफर्की, हुम्ला जुम्ला बाटो खने
रोल्पालाई डोल्पालाई, जापान भने युरोप भने
भाग्य होइन श्राप होइन, कान्ति रोक्ने सती होइन
आकास छुने पाइला हाम्रा, डोर्याउने मुली नै भएन
आकास छुने पाइला हाम्रा, डोर्याउने मुली नै भएन |
———समाप्त———
गौतम “उदय”
प्रतिक्रिया