नेपाली कांग्रेस, १३औं महाधिवेशन, र नेतृत्वको संकट

इनेप्लिज २०७२ फागुन १ गते १२:२२ मा प्रकाशित

bishwa-ji-800x600

A leader is someone who demonstrates what’s possible.” – Mark Yarnell

देशकै सबभन्दा पूरानो पार्टी र ‘प्रजातान्त्रिक समाजवाद’को जगमा उभिएको पार्टी ‘नेपाली कांग्रेस’ अहिले समयको ‘दोबाटो’ मा उभिएको छ। एउटा नेतृत्वहीन अनि दिशाहीन मोडमा उभिएको छ। साँच्चै भन्नु पर्दा नेपाली कांग्रेस अहिले अन्यौलमा छ। पार्टी सभापति सुशील कोइरालाको ७७ वर्षको उमेरमा अनपेक्षित, असामयिक निधनले पार्टीमा झन् अन्योलता थपिएको छ। फेरी पनि नीति भन्दा नेता र पार्टी भन्दा गुटको स्वार्थ हावी भएको छ, १३औं महाधिवेसनमा। स्थानीय तहमा भएका अधिवेशनहरूमा कहीँ कतै पनि पार्टीको नीति र विचारका बारेमा छलफल भएनन् । विधानबारे त कुरै उठेन । सारा नेपाली जनताको आशा र भरोसा बोकेको पार्टीले फेरी एक चोटी जनता माझ एउटा एककृत पार्टी र मजबूत नीति लिएर जाने एउटा सुनौलो अवसर गुमाएको छ। वैचारिक रूपले अस्पष्ट र सांगठानिक रूपले विभक्त रहेको नेपाली कांग्रेस अनवरत अन्तरिक लडाईले निक्कै कमजोर बनेको छ।  कमसेकम नेकपा एमालेमा त अन्तरिक लडाईको राम्रै संग व्यस्थापन भाको छ र जे जस्तो भए पनि पार्टी संगठन बलियो छ।

१३औ महाधिवेशनबाट पनि पार्टीमा कुनै नयाँ परिवर्तनको आशा मरेको छ। फेरी पनि उही तेश्रो पिढीका नेताहरुकै हातमा पार्टी जाने पक्का पक्की छ। शेर बहादुर देउवाको अझै पनि पार्टी सभापति हुने धोको मरेको छैन। रामचन्द्र पौडेल दशकौं पार्टीको झन्डा बोकेर अनि संस्थापन पक्षका नेताहरुलाई काँधमा बोकेर लागेकोले अब नेतृत्व आफ्नो हुनुपर्ने दाबी गर्न छोडेका छैनन्। कोइराला परिवारका सदस्यहरु घुमाई फिराई पार्टीको नेतृत्व भोलि वा पर्सी आफ्नै परिवार भित्र ल्याउने दाउमा देखिन्छन। पार्टी, कार्यकर्ता, अनि जनताको बारेमा सोच्ने फुर्सद कसैलाई छैन। आफ्नो, आफ्नो गुट, अनि आफ्नो सिमित परिवारको स्वार्थको सेरोफेरोमा पार्टी, कार्यकर्ता, अनि जनतालाइ दाइँ घुमाउने मात्रै नेता छन्।

यस्तो पाराले पहिलो पिढीका युवा नेताहरु – गगन थापा, विश्वप्रकाश शर्मा, र प्रदीप पौडेल जस्ताले  – पालो कुर्ने हो भने दारी-जुँगा फुल्दा पनि नेतृत्व आफ्नो हातमा आउने ठेगान हुन्न। देउवा वा पौडेलले पुरानै पाराले पार्टी नेतृत्व लिन खोज्नुमा बढी टाउको दुखाइ गर्नु बेकार छ। देउवा, पौडेल, कोइराला हामीले देखेकै हौं। र, यस्ता नेताहरु बाट नयाँ कुरा आश गर्नु बेकार छ। स्वत: रूपले नयाँ पिढीलाई छोद्देलान भनेर आशा गर्नु बेकार छ। तेसैले, युवा नेताहरुले पार्टीमा परिवर्तनको लागि एक दुईटा साहसिक र दूरदर्शी कदम चाल्नु जरुरि छ।

१. अरुले नेतृत्व छोडेर आफुलाई देला भनेर कुर्ने हैन कि अबको ५ – १० वर्ष भित्र नेतृत्व आफ्नो हातमा पार्न संगठन तयार गर्ने तिर युवा नेताहरु लाग्नु पर्छ। मुटु दरो पारेर सके उपसभापति नसके महामन्त्री जस्तो संगठनिक हिसाबले महत्वपुर्ण पदमा दाबी गर्नुपर्छ, चुनाब लड्नुपर्छ।  अरुको आशिर्वादमा हैन आफ्नै पौरखमा पार्टी भित्र आफ्नो भूमिका सुनिस्चित गर्नुपर्छ।

२. युवा नेताहरुले संगठन संगै बिचारको राजनीतिमा ठूलो फड्को मार्नुपर्छ।  पार्टी, देश, र जनताको भबिस्यको मार्गचित्र कोर्न सक्नु पर्छ। समग्रमा राजनैतिक, आर्थिक, तथा सामाजिक नीति तथा कार्यक्रम निर्धारण गर्न सक्नुपर्छ।  त्यसको लागि पहिले आफ्नो विचार, सिद्धान्त, विश्वास, र दर्शनमा स्पष्टता हुनु पर्दछ।  आफू अस्पस्ट त संसार अस्पस्ट। भनि राख्नु पर्दैन, यसका लागि गहन स्वाध्यायन गर्ने र चरित्रमा बलियो नेता चाहिन्छ। युवाले मात्र नेता भईंदैन।

३. पालो’ हैन ‘क्षमता’ र देखावटी ‘सहमति’ हैन स्वस्थ ‘प्रतिस्पर्धा’ को संस्कार बसाल्न सक्नुपर्छ। यो कुरा पार्टी मात्र हैन देशकै राजनीतिमा लागू हुन्छ। राजनीति मात्र हैन समाजमा पनि लागू हुन्छ। हाम्रो देश र समाज बिग्रेको एउटा कारण हो – बाहिर देखावटी सहमति अनि भित्र भित्रै मनमुटाब र अन्तरिक कलह, जसले पार्टी अनि देशलाई नै अस्थिर र कमजोर बनाउछ। त्यो भन्दा त खुलस्त रूपले स्वस्थ प्रतिस्पर्धा गरेर हारे पनि कमसेकम चित्त बुझ्छ।

४. कार्यकर्ता अनि नेताहरुमा आफ्नो विचार ब्यक्त गर्न सक्ने अनि  त्यसमा अडिग हुन सक्ने संस्कार को विकास गर्न एकदम जरूरी छ। कुनै एउटा नेता वा गुटको लागि आफ्नो विवेकलाई गुलाम बनाउने काम बन्द गर्नुपर्छ। त्यसको  लागि तलै देखि परिवर्तन, विशेष गरी शिक्षामा, जरूरी छ। र,  यो धेरै कठीन र समय लाग्ने कुरा हो। तर, जरूर प्रयास   गर्नुपर्छ।

युवा नेताहरु! “पालो” कुरेर कोही नेता बन्दछ भने त्यो साँचो “नेता” हैन। तगारो व्यक्ति मात्र हैन प्रणाली छ भने त्यो परिवर्तन गर्न सक्ने साहस हुनुपर्छ। देशलाई राणा शासनबाट मुक्ति दिलाउने नेता वी. पी. कोइराला नेपाली कांग्रेसका नै हैनन् र?

[email protected]

प्रतिक्रिया