शुक्रबार, माघ ९ २०७७
काठमाडौं ००:१४
वासिङटन डिसी 13:29

ट्रकको ठक्करबाट दुईको मृत्यु

इनेप्लिज २०७२ फागुन १ गते ४:०५ मा प्रकाशित

Road Accidentचितवन, १ फागुन । नारायणगढको लायन्सचोकमा ट्रकले रिक्सालाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान चौबीसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको ना४ख २७३२ नम्बरको ट्रकले लायन्सचोकमा रहेको सब्जिमण्डीबाट राजमार्गतर्फ आउँदै गरेको रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक र त्यसमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको सनाखत हुन नसकेको तर ट्रकलाई भने नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । फरार ट्रक चालकको खोजी पनि भैराखेको कार्यालयले जानकारी दिएको छ । सो चोकमा बिहान तरकारी खरिद बिक्री गर्नेको भीड हुने र सो क्षेत्र भरतपुरको ओरालोमा पर्ने हुँदा बढी दुर्घटना हुने गर्दछ ।

प्रतिक्रिया