सरस्वती पूजामा भएका कहिले भुल्न नसक्ने अविस्मरणीय क्षण
पहिलो ,सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण कहिले भुल्न नसकिने भयो l सरस्वती पुजाको मुर्ति सेलाउन सुनसरी धरानबाट चतरा नहरमा जादा र साथीहरुलाई पौडी खेल्न नआउदा सदाको लागि गुमाएको दिनले सताई रहन्छ l सरस्वती पूजा नेपालमा आज र अमेरिकामा समयको फरकले गर्दा भोलि परेकोले फेरी उनीहरु सम्झन पुगे l
त्यो अबिश्वश्नीय घटनाको चोट सबैमा नराम्रो लाग्यो l धरानबासि रोएका थिए l मैले मेरा मृत भैं सकेका मित्रहरु स्व :राज कुमार रसाईली र स्व : होम कुमार बस्नेतलाई सम्झे l नराम्रो लाग्यो किनभने सरस्वतीको मुर्ति सेलाउन जादा अकालमा यमराज कठोर भैं सदाको लागि माथि लगे l
रसाईली कक्षाका प्रथम बिद्यार्थी थिए र अति राम्रो अक्षर थियो र होम कुमार बस्नेत मेरो अति मिल्ने साथी थिए l सप्तकोशीबाट ल्याईएको एउटा नहर र जसको एउटा भंगालोको तेज र रफ्तार उनीहरुले थाहा पाउन सकेनन l कहिले पौडी नखेलेको १३-१४ वर्षका किसोरहरु पौडी खेल जोसिएर हाम फाले l भुमरीले तानेको तानै गरि दुईको ज्यान लग्यो l
होम कुमार बस्नेत उनि धरानको छाता चोकमा आमा बुवाले तरकारीको बेच बिखन गर्ने गर्नु हुन्थ्यो l पैसा गोजीमा ५-७ रुपैया टुट्दैन थियो l हामी दिनमा ३ पटक जसरि पनि भेट्ने गरेका थियौ l मलाई ३ बर्ष सम्म लगातार बिद्यालय गएको दिन जहिले पनि मध्यान्तरमा २ वटा समोसा र चिया खुवाउथे किनभने म संग पैसा हुदैन थियो l उनि संग टुट्दैन थियो l संयोगबस मेरा अर्का साथी सरस्वती सेलाउन बिद्यालय पुग्दा गाडी चतरा गएकोले उनि बाल बाल बचे र उनि अहिले अमेरिकामा छन् l केहि समय अगाडी भेट हुदा यो कुरा गरेका थियौ l
दोश्रो,अर्को घटना बिराटनगरमा भएको हो l आफु बिराटनगरमा बसाई भएको समयमा सरस्वती पूजामा उत्ताउलो गीत बजाएको सुन्दा अचम्बित हुनु पर्यो l
बसन्त पंचमीमा भारतीय चलचित्रका नायक गोविन्दा र नायिका करिश्मा कपुरको १९९४ मा चर्चित हिन्दि चलचित्र खुद्दारको गीत सेक्सी ,सेक्सी ,सेक्सी लोग बोले ,हाये सेक्सी हेल्लो सेक्सी क्यु बोले …….गीत सुन्दा लज्जित हुन् पर्यो l अत्यन्तै विवाद परे पछि उक्त गीतको बोल सेक्सीको सट्टा बेबी ..बेबी बनाईएको थियो l उक्त गीत अलिशा चिनाई र अनु मालिकले गाएका थिए l
यो गीत एउटा सरस्वती पूजामा सुनेको भने अर्को स्थानमा जादा दोनो आँख मारु तो छोरि पट जाए भन्ने जितेन्द्र र श्रीदेवीको १९८४ मा हिन्दि चलचित्र तोहाफाको सुने l त्यस्तै गरि त्यो बेलामा अत्यन्तै चर्चित गीतहरु जिन्दगि को के भरोसा ,बस सुन्दरी ठण्डी महिना जाडो छ, अच्छा लेकिन ,नेपाली माया चाहिन्छ आदि सुन्दा गलत ठाउँमा त झुक्किएर गएको हैन भनि सुनिस्चित गर्नु पर्यो l
सरस्वती पुजामा गएको हो कि चलचित्र हेर्न गएको छुट्याउन गार्हो भो l सरस्वती पुजामा गएको हो कि प्रतक्ष्य प्रसारण हेर्न गएको हो ,अलमल परिने भो l अब त सरस्वती पूजामा अब त मुन्नी भई बद्नाम हुई डारलिंग तेरे लिए भन्ने गीत घन्किनु कुनै त सामान्य हुने भो जस्तो लागेको छ l
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया