अमेरिकामा कमाउने कि रमाउने ?

इनेप्लिज २०७२ माघ २९ गते ०:४२ मा प्रकाशित

bijay-2

हामी सबैको अन्त्तिम गन्तब्य मुलुक अमेरिका हो l अमेरिका भविष्य उज्जवलमय बनाउन मानिस आउछन l जतिसुकै जस्ले जे धाक र धक्कु लगाए पनि अमेरिका डलर कमाउन मानिस आएका हुन्छन l अमेरिकामा मानिस हराउने ,कमाउने अनि रमाउने हुन्छन र क्रम निरन्तर छ l अमेरिकाले मोहनी लगाएकोले अमेरिका छिर्न ५० लाख तस्करलाई दिन्छन l

अमेरिकामा भागदौडको जिन्दगि छ l मानिस व्यस्त हुने हुनाले कामको फुर्सद कम हुने हुनाले ४ दिनको जिन्दगिमा मरेर के लानु भन्ने लागेर कमाउनेको साथै रमाउनेमा बिताउने हुन्छन l परिवार ,साथी तथा एकल रुपमा मनोरंजन गर्न मन पराउने र रमाउनेमा समय बिताउने वर्ग पनि पाईन्छन l

शनिबार र आइतबार को छुट्टिलाई उपयोग गर्न उनीहरुले जानेका हुन्छन l एक दिन मर्ने हो भन्ने मनमा लिएर अमेरिका उनीहरुलाई लागेको हुन्छ l परिवार भाड मा जाओस आफु मनोरंजन गर्ने तर्फ रातभर साथी भाई हाहाहुहु तर्फ लाग्ने प्रसस्त पुरुष तथा महिला भेटिन्छन l उनीहरुलाई टोक्ने कोहि हुदैन l

बिशेष त नेपालबाट एकल रुपमा आएका केटाकेटी ,बिबाहित पुरुष या महिलालाई अमेरिका पसे पछि कमाउने र रमाउने लत लागेको हुन्छ l कमाउने श्रोत र बाटो भएकोले अमेरिकामा अर्काको भरमा जीवन चलाएका हुदैनन् l

पुरुषले मात्र कमाउने चलन हुदैन र महिलाहरु आर्थिक पक्षमा दह्रा हुन्छन l आर्थिक सशक्तिकरण भएकोले महिला वर्गलाई नेपाल जस्तो छुन सकिदैन किनभने महिला तथा पुरुष अमेरिकामा समान हुन्छन l अमेरिकामा स्वतन्त्रता पनि छ l ज्यादा स्वतन्त्र गर्न पाईन्छ भन्ने गलत अर्थमा कमाउने र रमाउने जालमा फ़स्दछन l अन्य मुलुकबाट आएका पुरुष तथा महिला ,किशिर किशोरी,बाल बालिकालाई अमेरिकाको वातावरणले प्रभाव पार्दछ l अमेरिका आए पछि चन्द्रमा आफै पुगेको जस्तो लागेर खुट्टा भुईमा नहुने र अहमताका शिकार बन्न पुग्दछन l

अमेरिकनलाई भन्दा प्रवासी नेपाली एक कदम अगाडी बढ्ने जस्तो पनि देखिन्छ l रहन सहन ,खुवाई पिहाई ,हाउ भाउ र अमेरिकाको हावाले गर्दा हाम्रो धरातल बिर्सेर अमेरिकन भन्दा ज्यादा अमेरिकन हुन् खोज्ने नेपाली भेटिन्छन l

बिशेष त एकल रुपमा अमेरिका कमाउन आउनेले अमेरिकामा कमाए पछि रमाउनु पर्छ भन्ने मस्तिस्कमा हुन्छ l पुरुषले मर्ता क्या नही कर्ता भन्ने सोच्दछन भने अमेरिका छिरेका महिला अब घरको चार दिवारमा बस्ने जमाना गयो भनि सोच्दछन l बिद्यार्थीहरु पढ्ने उदेस्यले आए पनि कमाउने पढाई खर्च जुटाउने र रमाउने तर्फ पनि धकलिञ्छन l

धनि वर्गले आफ्ना सन्तानलाई अमेरिका पठाउने गर्छन तर पैसा पठाएर खर्च धन्न नसक्ने हुनाले सुनको चम्चाले खाने बिद्यार्थी यहाँ कमाउने गरे पछि अलिकति रमाइलो गर्न पल्किन्छ l घुम्ने ,रमाउने धेरै उपाय मध्ये जुवा घर जाने ,मनोरंजन स्थल,क्रिडा स्थल(क्लब ) पैसा उडाउने लत लागे पछि दलदलमा फ़स्दछन l

एकल र साथी भाईको कारण अलिक खतरा क्रिडा स्थल(क्लब ) जाने पनि बाकि राख्दैनन् l यस्ता स्थल जान मुद्रा निकै आवस्यकता पर्दछ l नशा जस्तै लाग्ने भएकोले एक पटक गए पछि पटक पटक जौ जौ लाग्ने हुनाले कमाउने भन्दा गुमाउने हुन्छन l

यो लतले किशोर किशोरी देखि अबिबाहित ,बिबाहित एकल सबैलाई गाज्द्छ l मनोरंजन गर्ने भए पछि काम गर्ने र फुर्सद भयो कि यस्तैमा ज्यादा चाहने हुनाले ढिला घर आउने ,साथीभाई संग हाहा हुहु गरेर मध्यरातमा आउने सामान्य हुन्छ l यस्तोमा फसे पछि घरको ३० बर्षे र अन्य खर्च व्यवस्थापन डामाडोल पनि हुन्छ l

अनि आर्थिक समस्या जटिल बन्ने गर्छ l तर किशोर किशोरी, महिला तथा पुरुष परिवार साथ र सगोलमा छन् भने अलिक नियन्त्रिण हुन्छ l तर नेपाल बाट एकल आएका छन् भने टोक्ने र रोक्ने कोहि नहुने हुनाले अमेरिका आईएको छ ? किन मोज मस्ती गरि नरमाउने ? भन्ने सोचको कारण आर्थिक क्षति मात्र नभई ठुलो समस्या आई पर्द्छ l

अमेरिकामा सबैले कमाउने भएकोले नटेर्ने हुदा कलह र अशान्ति हुन्छ l यसैको कारण मन मुटाव ,झगडा र छुट्टिने र छोरा छोरीलाई घरबाट निस्क पनि भन्नु पर्ने अवस्था हुन्छ l ज्यादा रमाउने र खर्च गर्ने कुलतले पारिवारिक बातावरण बिगारी दिन्छ l

नेपालमा भान्छा ,चुलो र चौकामा जिन्दगी बिताएका महिला अझ अमेरिकामा आए पछि कमाउन थाले पछि स्वतन्त्रता खोज्ने गर्छन l कुरा नमिले पारपाचुके अवस्था सम्म हुने गर्छ l नेपालमा महिलालाई दलेर र उप्पर खुट्टी लगाएर खाने पुरुषको अमेरिकामा हात बाधिन्छ्न l नेपालमा मन भित्र ज्वालामुखी थामेर बसेका महिला पुरुषको त्यो ब्यबहार अमेरिकामा आफु मात्र रमाउने कुरा ठ्यामै सह्दैनन l

नेपालमा रहेका एकल पितृ सतात्मक सोच र चिन्तन भएका पुरुषको अमेरिकामा दाल गल्दैन l नेपालमा पुरुष आफु मात्र रमाउन जाने गरेकोले यहाँ त्यस्तो गरे बिस्फोट हुन्छ l अमेरिकामा परिवार साथ मनोरंजन ,घुमघाम को साथै रमाउने प्रचलन हुन्छ l

मुग्लानमा अभिभावकको पनि त्यति नै आवस्यकता पर्द्छ नत्र बिद्यार्थी पत्रु भएका छन् l रमाउने नाममा ज्यादा रमाउने हुदा कमाउने बिद्यार्थीले नेपालमा पैसा पठाउनु पर्ने नहुनाले रमालो गर्दै जाँदा टाट पल्टने स्थिति पनि आउदछ l उल्टै नेपाल बाट द्रब्य मगाएर काम चलाउनु पर्ने अवस्था पनि सिर्जना हुन्छ l

अमेरिका साहुको ऋण लिएर पठाएको छोरा ,भाई ,पति ,पत्नी ,बुवा तथा आमा किशोर किशोरी ,महिला तथा पुरुष अमेरिकामा हराउने ,कमाउने र रमाउने को कारण थुप्रै परिवार बिल्लीबाठ भएका छन् l अरुले के गर्यो भनि ज्यादा खोजिनीति गर्दा अमेरिकामा अस्वाभाविक हुन्छ l

अमेरिकामा मेहनत र कडा परिश्रम गरे त्यो भन्दा धेरै कमाउद्छन l अमेरिका छिरेका नेपाली ज्याद्रो काम गर्छन किनभने डलरको कमाइ हुन्छ l कामको बोझ ज्यादा हुने हुनाले मानिसलाई आराम पनि चाहिन्छ l अमेरिकामा कामको प्रवृति बिल्कुल फरक र ज्यादा जोतिनु पर्न हुनाले आराम गर्न २ दिन छुट्टी दिइन्छ l अमेरिकामा अन्य देशबाट आएका मानिस अलिक आराममा कन्जुस गर्दछन किनभने जसरि भए पनि डलर कमाउने जुक्तिमा लाग्दछन l

दुई दिनको बिदालाई आराम गर्नु को सट्टा रमाउने नशा लागेकाहरुलाई त्यसले केहि असर गर्दैन l काग कराउदै जान्छ पिना सुक्दै जान्छ भने जस्तै छुट्टीको २ दिनमा पनि मनोरंजन र रमाइलोमा बित्दछ l किनभने २ दिनमा सबै चिज भ्याउनु पर्ने हुन्छ l कतिखेर शुक्रबार आउला कि भनि प्रतिक्षा गरि रहेकालाई शुक्रबार देखि आईतबार सम्म रमाईलै रमाइलो l

अमेरिकामा जे गर्दा पनि हुने हुनाले हराए पनि भो ,बोरा भरि कमाए पनि भो र दुई दिने जिन्दगानीमा के हो के हो ? जति रमाए पनि भो l किन खसखस ? अरुलाई टाउको किन दुख्नु ? जे भनेता पनि नजानिदो चालले अमेरिका हामी सबै हराउन चाहन्छौ ,डलर कमाउन चाहन्छौ र यसको साथै रमाउन चाहन्छौ l

सक्किगोनि !

प्रतिक्रिया