श्रीपशुपतिनाथ फाउन्डेसनमा १३ फेब्रुवरीका दिन शोक पुस्तिका राखिदै

इनेप्लिज २०७२ माघ २८ गते ५:२७ मा प्रकाशित

Rishi Dhakal Invitation

अमेरिका, लस एन्जल्स, १०, फेब्रुवरी / अमेरिकाका लागि वाणिज्यदूत ऋषि ढकालले पूर्व प्रधानमन्त्री एव नेपाली काँग्रेसका सभापति सुशील कोइरालाप्रति समवेदना व्यक्त गर्न श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा शोक पुस्तिका राख्न लागेको बताएकाछन ।
नर्वाल्क स्थित श्री पशुपतिनाथ फाउन्डेसन(10843 Kenney St, Norwalk, CA 90650) मा १३ फेब्रुवरी, शनिवार, २०१६ बिहान ९:०० बजे देखि अपरान्ह १:०० बजे सम्म शोक पुस्तिका रहने बताएकाछन ।
देश र जनता प्रति निस्स्वार्थ योगदान दिई, झण्डै ६ दशक सम्म देशले प्राप्त गर्न नसकेको संविधान दिलाउन सफल पूर्व प्रधानमन्त्री, लोकतान्त्रिक आन्दोलनका लीडर एवम् त्यागी नेता, नेपाली राजनीतिका एक तारा अस्ताएको यस दुखद घड़ीमा मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली प्रकट गर्न सबैलाई उपस्थितिको लागि ढकालले आब्हान गरेकाछन ।

प्रतिक्रिया