तमोर करिडोरले प्राथमिकता नपाउँदा गति लिनसकेन

इनेप्लिज २०७२ माघ २८ गते २:५६ मा प्रकाशित

635762547222119141पाँचथर, २८ माघ । पहाडबाट छोटो सडक भएर तराई जोडिने प्रस्तावित ‘तमोर करिडर’ सडकले प्राथमिकता नपाउँदा निर्माणको कामले गति लिन सकेको छैन ।

पूर्वी पहाडका तीन जिल्लालाई छोटो दूरीबाट तराईसित जोड्ने उक्त सडकको धनकुटाको मूलघाटदेखि तमोरको तिरैतिर सडक निर्माण थालिएस“गै तमोर करिडरको प्रस्ताव भएको थियो ।

पहिलो प्राथमिकताको उत्तर–दक्षिण लोकमार्ग आयोजनामा पनि दोस्रो प्राथमिकतामा राखिएको हुँदा न्यून बजेटका कारण यो सडकको काम सुस्त छ ।

आयोजनाको ताप्लेजुङ कार्यालयले हेरिरहेको उक्त सडकमा न्यून बजेटकै कारण मूलघाटदेखि पाँचथरको माझीटारसम्मको ६० किमीमा समेत अहिलेसम्म ट्र्याक जोडिएको छैन । सडक खन्न थालिएको चार वर्ष नाघेपनि न्यूनरकमले गर्दा १० किमी जोड्न अझै बा“की रहेको आयोजनाका ताप्लेजुङ प्रमुख इञ्जिनियर कुबेर नेपालीले बताउनुभयो ।

सरकारले ग्रामीण सडकमा जस्तै रकम छुट्याउने गरेकाले ट्र्याक ओपनिङबाहेक स्ट्रक्चरको काम गर्न नै नसकिएको उहाँले बताउनुभयो ।

माझीटारदेखि तमोर गड्तिरको बाटो नक्कलेघाट–पिनासीघाट हुँदै ३५ किमी टाढाको ताप्लेजुङको दोभान जोड्न केही वर्ष पहिले नै विस्तृत सर्भेको काम सकिएको पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले जानकारी दिनुभयो ।

प्रस्तावित ‘तमोर करिडर’ निर्माण सम्पन्न भएमा पूर्वका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बासिन्दालाई छोटो दूरीबाट छिटो तराईसम्म पुग्न सजिलो हुनेछ । यसबाट पूर्वका व्यापारिक र सुविधा सम्पन्न धरान, विराटनगरजस्ता तराईका सहरसित प्रत्यक्ष सम्बन्ध जोडिने स्थानीय बासिन्दा बताउँछन् ।

माझीटारदेखि १० किमी मध्यपहाडी राजमार्गबाट सदरमुकाम फिदिम बजार पुगिन्छ । माझीटार–दोभान ३५ किमी र दोभानदेखि १७ किमी टाढा ताप्लेजुङको फु्ङिलङबजार छ । त्यस अर्थमा फिदिमदेखि ७० किमी र फुङ्लिङदेखि १२९ किमीमै धनकुटाको मूलघाट पुग्न सकिन्छ ।

मेची राजमार्ग प्रयोग गर्दा ताप्लेजुङबाट २४० किमी र फिदिमदेखि १५६ किमी यात्रा तय गरेपछि मात्र झापाको बिर्तामोड पुग्न सकिन्छ । आयोजनाका अनुसार यो सडकखण्डका लागि यो वर्ष रु दुई करोड ९३ लाखको लगानीमा काम भइरहेको छ ।

प्रतिक्रिया