नेपाली चलचित्रप्रति अमेरिकामा रहेका नेपालीको बढ्दो आकर्षण

इनेप्लिज २०७२ माघ २७ गते २३:०९ मा प्रकाशित

anil 5

सनफ्रान्सिस्को, अमेरिकाका नेपालीको प्रतिक्रिया लिने इच्छा व्यक्त गर्दै यहाँ आएका चर्चित अभिनेता निखील उप्रेतीको भैरवले क्यालिफोर्नियास्थित बेएरियामा रहेका नेपालीको मन जितेको छ ।

‘निखीलको भैरव चलचित्र हेरेपछि नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका चलचित्र बन्न थालेछन् भन्ने प्रष्ट भयो, खुसी लाग्यो’, बुधबार चलचित्र हेरेपछि दर्शकहरुले भनेका छन् । बेएरियामा नेपाली साँस्कृतिक केन्द्र बनाउने प्रयोजनका साथ भैरव चलचित्रको च्यारिटी शो गरिएको हो ।

नेपाली दर्शकहरुले जुन रुपको माया दिने अपेक्षा गरेको थिए, त्यो पाएँ, म प्रसन्न छु, नायक तथा निर्माता निखीलले भनेका छन् ।आयोजक मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे र अभिनेता निखील उप्रेतीलाई मञ्चमा बोलाएर उद्घोषक प्रिन्स युवराज कार्कीले चलचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्न लगाएका थिए । पूर्वप्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि चलचित्र सुरु गरिएको थियो ।

anil 2

नेपाली चलचित्रमा युवा पिढीका प्रिय नायक निखील उप्रेतीले अमेरिका जानु अघि काठमाठौंमा नेपाली पत्रकारलाई भनेका थिए, अमेरिकामा नेपालीसँग बसेर चलचित्र भैरव’ हेर्न र उहाँहरुको ‘फिडब्याक लिन म आतुर छु । ‘नेपालको राजनीतिक खिचातानीको विषयमा आधारित चलचित्र भैरव नेपालमा रहेका नेपालीले त मन पराएका थिए नै, विदेशमा रहेका नेपालीले अझ बढी मन पराए, मेरो अपेक्षा पूरा भयो, निखीलले भने।

चलचित्र प्रदर्शनपछि माघ २८ तारिककै दिन अभिनेता निखील नेपालका लागि उडेका छन् । उनको भ्रमण तथा आवासको व्यवस्था आयोजक सामाजिक संस्था मदरल्याण्ड नेपालले नै मिलाएको हो l अमेरिकाकै अन्य ठाउँबाट पनि भैरव देखाउन निम्ता त आएको थियो, तर व्यस्तताका कारण यस पटक सम्भव भएन, अभिनेता निखीलले जानकारी दिए ।

मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेका अनुसार ‘भैरव’ को प्रदर्शनबाट उठेको रकम बे–एरियामै मदरल्याण्ड सांस्कृतिक केन्द्र खोल्ने अभियानमा लगाइने र पहिला उनले घोषणा गरेको २५ हजार डलर पनि यसैमा लगाउने छ । ‘मैले पहिला नै स्थानीय नेपाली समुदायकाबीच गरेको कबुल अनुसारको धनराशि पनि म यही केन्द्रका लागि लगाउनेछु’ सो क्षेत्रका लागि नेपाली पर्यटनदूत पनि रहेका पाण्डेले जानकारी गराए ।

anil 6 anil 1

anil 3

link : http://motherlandnepal.org/

प्रतिक्रिया