आईएमईको छात्रवृत्ति चितवनका तीन जना विपन्नलाई

इनेप्लिज २०७२ माघ २७ गते १३:०९ मा प्रकाशित

20160208_160000

भरतपुर, चितवन
२७ माघ । आईएमई लिमिटेड र ग्लोबल आइएमई बैंकले स्थापना गरेको १ सय जना विद्यार्थीलाई छात्रवृत्ति वितरण योजना अन्तर्गत चितवनका तीन जना विपन्न विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

20160208_155951
देशकै अग्रणी रेमिट्यान्स कम्पनी आइएमईले उज्यालो भविष्यको तपाईंको आकांक्षालाई हाम्रो साथ भन्ने नाराका साथ देशभरका १ सय जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई १० हजार रुपैयाका दरले १० लाख रुपैया प्रदान गर्ने योजना अन्तर्गत भरतपुर १२ आस्थाचोक स्थित मोहन मा वि कक्षा ७ मा अध्ययनरत विद्यार्थी लिला बहादुर घिमिरेले सो छात्रवृत्ति प्राप्त गरेका हुन् । यसैगरी पूर्वी चितवनको विन्धेश्वरी नि मा वि रत्ननगर १५ माधवपुरमा कक्षा ६ मा अध्ययनरत छात्र हरिलाल चेपाङ् र कालिका नगरपालिका ५ जुटपानीस्थित नि मा वि जुटपानीमा कक्षा ६ मा अध्ययनरत छात्रा पुर्णिमा लामाले पनि छात्रवृत्ति प्राप्त गरेका छन् । सो छात्रवृत्ति रकमको चेक आइएमईका नारायणी अन्चल प्रमुख सुरज पौडेल र ग्लोबल आइएमई बैंक नारायणगढ शाखा प्रबन्धक प्रकाश कस्तीले एक कार्यक्रमका बीच संयुक्त रुपमा प्रदान गरेका थिए ।

20160204_141914
छात्रवृत्ति वितरण कार्यक्रममा आइएमईका नारायणी अन्चल प्रमुख सुरज पौडेलले विपन्नताका कारण अध्ययन अगाडी बढाउन नपाएका विद्यार्थीहरुका लागि यो योजना कोशेढुंगा हुने विश्वास व्यक्त गरे । जो जहाँ जस्तो अवस्थामा रहे पनि नेपालीको सुखदुखको साथी बनेको आइएमईले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको पौडेलले बताए । आइएमई मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिने मात्र नभई अन्य धेरै सेवा आइएमईले प्रदान गर्ने जस अन्तर्गत नेपालमै पहिलो पटक विभिन्न स्कुल तथा कलेजमा सोझै शैक्षिक शुल्क भुक्तानीको सुविधा पनि आइएमईले प्रदान गरिरहेको पनि उनले बताए ।

20160204_132959
कार्यक्रममा ग्लोबल आइएमई बैंक नारायणगढ शाखा प्रबन्धक प्रकाश कस्ती, मोहन मा वि का प्रधानाध्यापक कमल पाण्डे, शिक्षक प्रेम बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

20160204_132736 20160204_132302

प्रतिक्रिया