नजिकिदैछ प्रेमदिबस !

इनेप्लिज २०७२ माघ २७ गते २:१७ मा प्रकाशित

ram chandra sharma

अहा कस्ती राम्री तिमि फुलेकी छ्यौ फूल बन
मेरो मुटु स्पन्दनले बाफिएकी शूल बन

उष्ण गर्मि यौवनले मडारिदा भित्र भित्र
छटपटीमा शीतलुको मुहानकी मूल बन

यस्तो लाग्छ जिन्दगीमा तिमिबिना आधा छु म
सपनीमा देख्छु संधै कुटुम्बकै कुल बन

आँखा मिची मिची हेर्छु तिमि नजिकिंदा यता
तर तिमि टाढै हुदा मृगतृष्णा भूल बन

मन्दिर बा ज्योतिषको अखडामा धाँउनु कति
तिमीभित्र मेरो हंस जोडिदिने पुल बन

आउदैछ प्रेमदिबस घुम्टो फाली आऊ अब
शरमको पर्दा च्याति भित्र्याउछु, तुल बन

नजरमा आशक्तिका दुराशय पाल्नेहरु
चारैतिर झुल्किदैछन, तिमि आफै झुल बन

प्रतिक्रिया