सिर्जना उत्सव र आप्रवासी नेपाली साहित्य

इनेप्लिज २०७२ माघ २७ गते २:०६ मा प्रकाशित

Utsab 2

नेपाली साहित्यको इतिहासमा केही परिवर्तन गरेर अब नयाँ अध्याय थप्नु जरुरी परेको छ । नेपाली साहित्यको अब विश्वव्यापीकरण भई सहेको छ । यस सन्दर्भमा “नेपाली साहित्यको विश्वव्यापीकरण” शीर्षकमा पुस्तक प्रकाशनको मिति कुरेर बसेको छ । नेपाली साहित्को विश्वव्यापीकरणको पहिलो उद्घोष गैरआवासीय नेपाली संघको छैठो विश्व सम्मेलनको अवसरमामा २०१३ मा भई सकेको थियो । लेखकको संयोजकत्वमा आयोजित “नेपाली साहित्यको विश्वव्यापीकरणमा गैर–आवासीय नेपाली संघको भूमिका” विषयक साहित्य सम्मेलनको आयोजना भएको थियो । २०१३ अक्टुबर ९ बुधबारका दिन गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञा भवनमा एक दिने गोष्ठीमा प्रा. डा. तारानाथ शर्माले नेपाली साहित्यको विश्वव्यापीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैलाई आधारमानेर यो संघबाट साहित्यलाई निरन्तरता दिने उदृेश्यका साथ शुरु भएको नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा तगारो लागेपछि यसलाई निरन्तरता दिने अभियान आफैले शुरु गरेको छु ।ंं

आजको मितिमा नेपाली साहित्य जति नेपालमा लेखिन्छ त्यतिनै मात्रामा नेपालबाहिर पनि लेखिन्छ । नेपाली साहित्यको गतिविधि जति नेपालमा हुन्छ त्यतिनै मात्रामा नेपालबाहिर पनि हुने गर्दछ । अझ नेपालबाहिर त घरमा भेटघाट हुने क्रममा पनि दुईचारवटा कविता वाचन हुने गरिन्छ । नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली साहित्यको प्रतिनिधित्व गर्दै आएको नेपालको एकमात्र साहित्यिक संस्था हो । तर आजको मितिमा यो साहित्यको मन्दिर आफ्नो दलमा लागेका साहित्यकारहरुलाई नूनको सोझो गरेबापत दिईने राजनीतिक पुरस्कार बनिदिएकोले कनिष्टले पनि वरिष्ठ साहित्यकारको उपाधि पाएर प्रज्ञा प्रतिष्ठान अब दलगत साहित्यको खेतीगर्नेहरुको अंशवण्डामा चल्ने गर्दछ । त्यसैले आज नेपालमा साहित्य पनि राजनीतिक कोटामा विभाजित भएको छ । त्यसैले पुरस्कारमा पनि राजनीतिक रंग लाग्ने गर्दछ । अब स्वच्छ राजनीतिरहित साहित्य नेपालबाहिबाट शुरु गर्नु पर्ने भएको छ । र यो कार्य दु्रत गतिमा अगाडि बढ्दै गएको पाइन्छ । नेपालको प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको विश्वव्यापीकरणको क्षेत्रमा अरु केही गर्न नसके पनि प्रत्येक नयाँ प्राज्ञको गठन गर्ने बेलामा एकजना वा दुईजना प्रतिनिधि प्राज्ञ राख्ने व्यवस्था गर्नु पर्ने हो । यसरी नेपाली साहित्यलाई विश्व साहित्य सामु उभ्यान सकिन्छ ।

अनेकतामा एकता देखाउन सकिन्छ । यसका लागि नेपालबाहिरको नेपाली साहित्यलाई निरन्तर काव्यात्मक बनाउन उत्प्रेरककोभूमिका निर्वाह गर्दै विश्वभरी शाखा रहेको अनेसाससँग प्रज्ञाले सहकार्य गर्नु पर्छ । यस बारे राजनीतिक साहित्य सर्जकहरुलाई अर्ति दिनै पर्छ ।

नेपाली साहित्यको विकासमा नेपालबाहिरका साहित्यकारहरु सदैव अग्रपंक्तीमा रहदै आएको कुरालाई नकार्न सकिदैन । प्रवासी नेपाली साहित्यले नेपाली साहित्यको एउटा पक्षको प्रतिनिधित्व प्रारम्भदेखिनै गर्दै आएको छ र गरीनै रहने छ । त्यसको पछिल्लो उदाहरण बनेको छ कोठे कविता गोष्ठी । युवाकवि मोतीराम भट्टले काव्य गोष्ठीको थालनी गराएर मोती मण्डलीको नामबाट संस्था नै बनेको थियो । कविता वाचनले निरन्तरता पाउनका लागि शुरु गरिएको कवि गोष्ठी परम्पराको थालनी राजामहाराजाको पालादेखि नै चल्दैआएको छ । कालीदासबाट लिएर सुवानन्द वाणासम्मको इतिहासलाई पल्टाएर हे¥यौं भने यी महाकविहरुका कवितावाणीबाट प्रभावित राजदरवारमा सम्मानित कविका रुपमा परिचित थिए भने लोकमा विशिष्ट स्थान पाएका थिए । प्रत्येक साहित्यिक जमघटमा कवि गोष्ठीको अनिवार्यताले पनि कविताको मूल्य सर्वोत्तम रहेको प्रमाणित गर्दछ । साहित्यका अन्य विधाहरु कथा, उपन्यास, निबन्ध वा नाटकको दाँजोमा सशक्त विधा मानिएको कविताको प्रत्येक अक्षरले वाक्यले बोकेको अर्थ दिने गरेको हुन्छ । कविताका लघुत्तम (रुवाई) देखि वृहत्तर (महाकाव्य) रुवरुप रहेका छन् । अतिखेर मलाई साहित्य लेखनप्रति रुचि जाग्रित पार्न अहम भुमिका खेलेको भारत, शिलाङ्गको मैले पढेको विद्यालयमा तुलसीदास र भानुभक्तको जन्म दिवस्मा हुने कवि गोष्ठी, भुपेन्द्र अधिकारीको निवासमा मित्र मण्डलीले आयोजना गर्ने कवि गोष्ठी, माई पुजामा कविता सुन्ने सुनाउने परम्परा, त्रिविवि, कान्तीपुर छात्रावासको साहित्यिक समितिबाट आयोजना गरिने कवि गोष्ठी, साहित्यिक पत्रकार संघ र सिसासका गोष्ठीहरुको सम्झना आईरहेको छ । मलाई साहित्यप्रति डो¥याउने र लेखनलाई शसक्त बनाउन यी गोष्ठीहरुको महत्वपुर्ण भूमीका रहेको छ । यसरी नै काठमाडौंमा चलेको पलेटी गोष्ठी र एकल कविता वाचनले पनि कवि गोष्ठी परम्पराको विस्तार गराउनमा ठोस भूमीका खेलेको छ । पञ्चायतकालमा राजाबाट दरबारमा कविता गोष्ठी गराउने र राजाको सवारीमा पनि काव्य गोष्ठी गर्ने गराउने परम्पराले धेरै साहित्यकार जन्माएको थियो । यो अब एकादेशको कथा बन्दै गएको छ । आजका दल र नेताहरु साहित्यलाई पनि राजनीतिकरण गरेर कोटामा चलाउने गर्दछन् । यस्तै कोठे कविता गोष्ठीको थालनी क्यानाडा आगमनपछि २००४ ई को वसन्त पञ्चमीका दिन शुरुदेखि शुरु भईसहेको थियो । बेलायतमा स्व. ईश्वर मानन्धरले यादव खरेलसँग काव्य गोष्ठी गरेको स्मरण सुनाउनु भउको थियो ।

भर्जिनियाका साहित्यकार मित्रहरुले प्रत्येक दुई महिनाको अन्तरालमा मनाउने काव्य गोष्ठी त्यसबेला साहित्यको काव्यात्मक पर्व जस्तै बन्दै गएको थियो । यस्तै गोष्ठीको प्रारम्भदेखि आठौं गोष्ठीसम्मका कविताहरुको संकलन “वासिङ्टनका काव्य सुसेली” को नामबाट प्रकाशित भएको देखिन्छ । यस्ता गोष्ठी अन्य मुलुकहरुमा पनि हुने गरेको सुनिन्छ र यसलाई निरन्तरता दिदै आएको पनि देखिन्छ । यस्ता गोष्ठीहरुले त्यहाँका साहित्यानुरागीहरुकोर साहित्यिक प्रतिको प्रतिबद्धता रहेको पनि प्रमाणित गरेको हुन्छ ।

Utsab-1

यस्तै काव्य गोष्ठीको उदाहरण बोस्टनमा हुने सिर्जना उत्सव बन्न पुगेको छ । अमेरिकाको बोस्टनमा मासिक रुपले आयोजना हुदै आएको साहित्यिक कार्यक्रम “सिर्जना उत्सव”को ३४ औ शृंखला सम्पन्न भएको छ ्र हरेक महिनाको अन्तिम आइतबार हुने गरेको यो कार्यक्रममा यसपटक डेढ दर्जन सर्जकले सिर्जना प्रस्तुत गरेका छन् ्र साहित्यकार महेश्वर पन्तको संयोजन र शारदा पन्तको प्रयोजनमा आयोजित उक्त कार्यक्रममा कविता वाचन तथा गीत÷संगीत–नृत्यले पनि स्थान पाएको थियो । यो साहित्यका श्रृजनाहरु पस्केर मनाइने उत्सवले बोस्टन शहरलाई अमेरिकाको नेपाली साहित्यको राजधानी बनाइ दिएको छ । यसको निरन्तरताले गर्दा अरु देश र शहरमा रहेका कोठे गोष्ठीहरुले पनि निरन्तरता पाउन थालेका छन् ।

यस्तो कोठे गोष्ठीले सिर्जनालाई निरन्तरता दिन्छ । सिर्जनातिर मनलाई डो¥याउन थाल्छ । सिर्जनाका विचारहरु उत्पन्न गराउन थाल्छ र अन्ततः कवि मन जन्माउँदै जान्छ ।

यसपटको चौतिसो उत्सवले महेश्वर पन्तजीको घरलाई काव्य चौतारी बनाई दिएको थियो । त्यहाँ काव्य पस्कनेहरुमा अनु शाह, गोवर्धन पूजा, डा। शिव गौतम, ममता कर्माचार्य, दीपा राई पुन, बिमल नेपाल, धन लेप्चा, दिनेश राजभण्डारी , एल बि एर , थानी रत्न कंडेल, पेशल रेग्मी, हरि थापा , सुशील नेपाल, जयराम रेग्मी, महेश्वर पन्त, सागर कान्छा , उर्मिला पन्त आदि थिए । सानैदेखि देखीसिकी आएको बानीलाई निरन्तरता दिदै सिर्जना उत्सवले पनि सुशील नेपाललाई उक्त काव्य उत्सवको सभापति बनाएर उनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कर्यक्रमना विष्णुमणि आचार्य, ज्ञानप्रकाश शर्मा, भैरवी थापा, शारदा पन्त, गीता पाण्डे, माधव दाहाल, लव अधिकारीलगायतले नृत्य , गायन र मन्तव्य प्रस्तुत गरे ्र काव्यकारहरुको सिर्जना पस्कने उत्सवको बेला काव्य सर्जक दम्पत्ती डा। शिव गौतम र भारती गौतमको ३५ औ विवाह(उत्सव पनि परेकोले उपस्थित काव्यकारहरुले विवाह उत्सवलाई काव्यमय बनाईदिएर मानवीय जीवनमा देखा पर्ने विवाह पनि एउटा सिर्जना भएको आभास गराउँदै सिर्जना उत्सवमा अर्को उत्सव मनाइदिएका थिए । प्रत्येक महिना एकजना संयोजक चुनिने र उनै संयोजको आतिथ्यमा सिर्जना उत्सव काव्यात्मक बैठक संयोजकको घरमा मनाउने परम्परा रहदै आएको छ । आगामी कार्यक्रम सुशील नेपाल संयोजनमा हुने भएकोले त्यहाँ अरुलाई पनि निम्तो छ ्र

बोस्टनका साहित्यकारहरुको प्रयास र सहभागितामा विगत तीन वर्षदेखि निरन्तरता चलीइरहेको सिर्जना उत्सव भोलीको नेपाली काव्य साहित्यको दस्तावेज बन्न सक्छ । यसले सिर्जना गरेका र सिर्जना गर्दै जाने काव्य कोसेलीहरु भोलीको अनुसन्धानको विषय बन्न सक्छ । यसरी सिर्जना गरिएका रचनाहरुको दस्तावेज राख्ने काम सिर्जना उत्सवका आयोजकहरुले

चाडै शुरु पर्नु पर्छ । प्रत्येक उत्सवको फाइल बनाएर राख्दै जाने कामले भोली इतिहास बनाउन सक्छ । आज कविता विधा समाचारपछि सबैभन्दा बढी लेखिने विधा बन्दै गएको छ । साहित्यिक सिर्जनाको यो प्रक्रिया प्रेरणादेयी छ । यसको सिको गरेर अन्यत्र पनि यो गोष्ठी परम्पराले नियमितता पाउँदै गए नेपालबाहिरको नेपाली साहित्यले बेग्लै पहिचान

पाउने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया