एक्कासि हिमपात

इनेप्लिज २०७२ माघ २५ गते ५:११ मा प्रकाशित

Himpatहुम्ला, २५ माघ । हुम्ला जिल्लामा आइतबार बेलुकादेखि एक्कासि हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमीकोटमा एक फिट हिउँ जमेको छ ।

अहिले परेको हिमपातले जौ र गहुँ बालीलाई राम्रो हुने स्थानीय बासिन्दाले बताएका छन् । भदौदेखि पानी नपरेकाले रुघा, खोकी र ज्वरोजस्ता रोग लागेको र अब हिमपातपछि यी रोगबाट मानिस जोगिने स्थानीय बासिन्दा बताउँछन् ।  हिमपातका कारण आज बिहानदेखि नेपालगन्ज र सुर्खेतका हवाई उडान बन्द भएका छन् ।

चिसो निकै बढेकाले यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया