शनिबार, माघ १० २०७७
काठमाडौं ०५:०६
वासिङटन डिसी 18:21

कविता- सताईएको मान्छे

इनेप्लिज २०७२ माघ २५ गते १:२३ मा प्रकाशित

image1

आफ्ना पराई भए पराई चै आफ्ना बनेर सताए
मन परेका फुलका कॉडाहरूले घोचेरै सताए!
*************
बढे ईट्टा निकाल्नेहरू घरलाई खोक्रो पारेरै सताए
स्वार्थले गॉजिएकाहरूले नाटकै गरेर सताए!!
*************
दिनलाई रात भन्दै रक्सिले चुर मातेरै सताए
आचरण र अनुशासन हरायो व्यड्ग गर्दै सताए!!
**************
छिमेकी पनी दुष्ट भए मित्रलाई नाकावन्दि गरेरै सताए
आपतमा सहयोग नगरी कालोवजारी गर्दिएरै सताए!
***************
काम छैन व्यापार छैन साहुहरूको धम्किले सताए
घरमा चुलो नबलेको धेरै भो भोका पेटहरूले सताए!
***************
खेत वॉजो अन्न छैन खेतीपातीको चटारोले सताए
प्रक्रितिले पनी ज्यादती गरी भूईचालो पठाएर सताए!
***************
गॉस, बॉस र कपास भएन अभावै अभावले सताए
अव चै अती भयो वॉच्ने कसरी चिन्तै चिन्ताले सताए !!!!!!

प्रतिक्रिया