अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको लस भेगास च्याप्टर गठन
अमेरिकाको नेभाडा राज्यको लस भेगासमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठन भएको छ | समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित भेलाले साहित्यकार कृष्ण कुसुमको अध्यक्षमा आठ सदस्यीय अनेसास लस भेगास च्याप्टर गठन गरेको हो | च्याप्टरका उपाध्यक्षमा राजु रसाइली, सचिबमा सांगे तामाग र कोषाध्यक्षमा जानुका बस्नेत रहेका छन् भने सदस्यमा सुक सेन्चुरी, कृष्ण रसाइली, बिमला गुरुङ, अर्जुन मगर र टीकाराम मगर रहेका छन् | भेलाले बिबिध साहित्यिक तथा सांगीतिक कार्यक्रम पनि सम्पन्न गरेको छ ! साङ्गे तामाग, मनोज मगर लगायतका स्रस्टाले साहित्यिक रचना वाचन गर्नुका साथै गायक राजु रसाइलीले भजन, गीत र गज़ल गएको उक्त कार्यक्रममा अन्य राज्यबाट उपस्थित भएका लोक गायक रामप्रसाद खनाल , साहित्यकार बासु सत्याल, कल्पना सत्याल , कमला विश्वकर्मा लगायतको पनि सहभागिता रहेको थियो | कार्यक्रमका समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले समाजको उदेश्य , गतिबिधि तथा कार्यक्रम र भावी दिनका लक्ष्य माथि प्रकाश पार्दै नव गठित च्याप्टरका सदस्यहरुलाई बधाई तथा शुभकामना सहित समाजको आजीवन सदस्यताको प्रमाण पत्र र ब्याच प्रदान गरेका थिए !
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया