अमेरिकामा नेपाली राजनीति गर्दा काईदा कि अमेरिकन मुलधारको राजनीति गर्दा फाइदा ?

इनेप्लिज २०७२ माघ २३ गते ४:२२ मा प्रकाशित

BIJAY THAPA

अमेरिका आएका नेपालीलाई राजनीतिको रा सुन्ना साथ कन्सिरी तात्दछ l कसै कसैलाई नेपालको राजनीति नगरी निन्द्रा पनि लाग्दैन lविदेशमा राजनीति गरेर काम छैन भनेता पनि आँखिर नेपाल बाट भित्राईएको घिडघिड़ो राजनीति छिरी हाल्छ l

राजनीति देखि टाडा बस्न मन पराउने मानिसले तातो न छारो भनि मुन्टो उता फ़र्काउछन l  मानिस प्रकृतिले नै सामाजिक प्राणी हो l मानिस जन्मै ले स्वार्थी र अवसरवादी प्राणी हो कि जस्तो भान पनि हुन्छ l सायद डार्बिनको सिद्धान्त “अस्तित्वका लागि संघर्ष ” यहि भएर होला मानिस चतुर तालले चल्न सकेन भने ऊ समाजमा अगाडि पनि बढ्न सक्दैन l

अमेरिकी मनोवैज्ञानिक स्किनरको मान्यता अनुसार मान्छेको आचरण व्यवहारको निर्धारण उसको रगत वा नश्लले भन्दा उसको सामाजिक वातावरण र परिवेशले गर्छ।

शायद हाम्रो मुलुकको सामाजिक वातावरण र परिवेसको असर भन्नु पर्ला नेपाली मूलका प्रवासीहरु अमेरिकामा पनि नेपाल जतिकै राजनीतिमा अल्झिएका देखिन्छन l नेपालमा सबै भन्दा सरल ईलम राजनीतिलाई मानिन्छ l बिना लगानीको पेशा राजनीति l नेपालमा समय खर्चिदा र नाताबाद र कृपाबाद हुदा चाँदी कटाई हुन्छ l

अमेरिका जस्तो मुलुकमा आए पछि पनि अझ नेपालको राजनीतिबाट उम्कन हुन् सकेका छैनन् l अमेरिकाको राजनीति संग ज्यादा सरोकार भन्दा नेपालको कै राजनीति गर्दा फलिपाप हुने सम्झी राजनीतिको दुष्ट चक्र संग मुक्ति पाऊन सक्दैनन् l किनभने नेपालको राजनीतिमा सक्रिय सदस्य ,शहर, जिल्ला ,क्षेत्र तथा राष्ट्रिय राजनीतिमा लामो समय अहम भूमिका निर्वाह गरेका तथा कुर्शीमा बसेकाले फुत्कन खोज्दा पनि नसकिने बाध्यता पनि हुन् सक्दछ l

अमेरिकामा भासिए पछि अमेरिकाको मूल धारको राजनीतिमा प्रवेस गर्न किन मरी हत्ते गर्दैनौ ? किनभने अमेरिकाको राजनीति सरल छैन l नाताबाद र कृपाबादले काम गर्दैन l किन हामी अझ नेपाली राजनीतिलाई अमेरिका जस्ताको तस्तै लाध्न खोज्दछौ l अमेरिकाको राजनीति बुझ्न ५- १० बर्ष बिताउनु पर्छ l अमेरिकाको राजनीति जटिल र कठिन पनि हुन्छ l

अमेरिकामा किन हामी मिल्न सकेका छैनौ किनभने हामीले नेपाल बाट राजनीतिलाई पनि मन र मस्तिस्कमा लिएर आएका छौ l धुरी कटाएका छैनौ l अमेरिका आउने नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजनीतिलाई तिलान्जली दिएर आए नेपालीहरुले ईतिहास कोर्थे l तर त्यो अवस्था रहेन l

अमेरिकामा जुट भन्दा फुट र एकता भन्दा अनेकता देखिन्छ l यसको एउटा मात्र कारण अमेरिकामा पनि राजनैतिक दलको प्रभाव l राजनैतिक विचार ,आस्था र सिद्धान्त बोकेर आएकोले जोडिने असम्भव भएको छ l त्यहाँ फाटो हुन्छ l परदेशमा नेपाली मात्र हौ भन्ने अभियान चलाए अमेरिकामा रहेका नेपाली एक जुट हुने सम्भावना हुन्छ l तर त्यो भनेको दिउसै तारा देखिनु जस्तै हुन्छ l

 हामी सानो मुलुक बाट आएकोले नेपालको राजनीति त्यागी अमेरिकाको राजनीतिको मुलधारमा तथा अन्य धारमा जब सम्म नेपाली पुग्दैनन l तब सम्म हामी अल्पमत नेपालीका आवाज पुग्दैन l अनि हाम्रा काम हुन् सक्दैनन् l अमेरिकन संसदमा नेपालीका आवाज पुग्ने गराउन अमेरिकामा मुलधारको राजनीतिमा प्रयास चाही नभएको हैन l समयले साथ दिएन भन्नु पर्ला l मुलधारमा बिजयी हुन् नसकेको अवस्था रह्यो l

नेपाल बाट बोकेर ल्याएको राजनीति चट्ट छोड्नु पर्छ अनि अमेरिकन मुलधारको राजनीति आट गर्न सम्भावना हुन्छ l नत्र आफु संग झुण्डीएको राजनीतिले भित्र भित्रै मक्काई दिन्छ l नत्र संघ तथा संस्था खोल्ने र नेपालको राजनीति गर्ने मात्र हो भने हामी नेपाली कहिले अमेरिकामा कहिले उभो लाग्न सक्दैनौ l जति नै गरे पनि हामी आफु आफुमा रमाउने छौ l सिमित हुने छौ l अल्मत नेपालीका आवाज ढोका बाहिर नै हुनेछन् l

तर अमेरिका आए पछि हाम्रो लक्ष्य त्यति मात्र हो त ? नेपाल कै राजनीति गर्न अमेरिका भासिएका हौ त ? अमेरिकामा हुने स्थानीय ,क्षेत्रीय तथा राष्ट्रिय स्तरका निर्वाचनमा नेपालको राजनीति को प्रभाव देखिने गर्छ l किनभने कुनै पनि राजनैतिक दलको लागि प्रतिष्ठा र ईज्जतको सवाल हुन्छ l

नेपालका सबै राजनैतिक दलले बिदेसिएका नेपालीले मुलुक छोड्न साथ राजनीति नगर्नु देशको नाम राख्नु भनि आदेश दिए विदेशमा नेपालीले ठुलो फड्को हान्थे l नेपालमा जे जति दलको लागि काम गरेका छौ त्यो नै ठुलो हो भन्दै परदेशमा सब नेपाली एक जुट भै बस्नु भन्ने उर्दी जारि गर्न सके कायापलट हुने थियो l तर नेता र राजनैतिक दलले भन्दैनन किनभने त्यहाँ स्वार्थ हुन्छ l दल र नेताले अनेकौ फाईदा लिनु पर्ने हुन्छ l र कार्यकर्ताका पनि स्वार्थ हुन्छन l

नेपालमा राजनीति गर्दा गर्दा थाकेर वाक्क दिक्क भएर कर्म गर्न आफु र परिवारको सुख ,शान्ति र सम्वृद्धिको लागि भासिएका नेपालीले अमेरिकामा फेरी नेपाल कै राजनीति गर्दा अमेरिकामा बसोबास गर्ने अधिकांश नेपाली खुसि नहोलान l बरु त्यसमा समय खर्चिनु भन्दा अमेरिकन मुलधारको राजनीतिमा लाग्दा हरेक नेपाली हर्षित हुन् बाध्य हुने छन् l गर्व लाग्ने छ l गौरबको बिषय हुने छ l अमेरिकामा नेपाली राजनीति गर्दा काईदा कि अमेरिकन मुलधारको राजनीति गर्दा फाइदा त्यो अमेरिका आएका र आउनेले घोत्लिनु जरुरि हुने छ l

आगे यहाँ को मर्जी।

प्रतिक्रिया