सेभ हाउस नहुँदा समस्या
इनेप्लिज
२०७२ माघ २३ गते ३:३२ मा प्रकाशित
बैतडी, २३ माघ । सेभ हाउस अर्थात् सेवा केन्द्र नहुँदा दार्चुलामा हिंसा तथा लैङ्गिक हिंसामा परेका महिलालाई राख्न समस्या हुने गरेको छ ।
हिंसामा परेका महिला न्यायको लागि ग्रामीण भेगबाट सदमुकाममा आउने र सदरमुकाममा सेभ हाउस नहुँदा समस्या हुने गरेको प्रमुख नायब उपरीक्षक सुशीलसिंह राठौरको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा अभियुक्तका लागि हिरासत भए पनि पीडितलाई राख्न नमिल्ने भन्दै उहाँले कहिलेकाहीँ जिल्ला अस्पतालमा भर्ना गर्नुपरेको समेत बताउनुभयो ।
पीडित महिलाले जिल्लामा लामो अवधिसम्म बस्नुपर्ने तथा उनीहरुसँग आर्थिक अभाव हुने भएकाले उनीहरुलाई लैङ्गिक हिंसा निवारण कोषबाट आर्थिक सहयोग गर्ने गरेको महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला विकास अधिकृत विष्णुमाँया पौडेलले बताउनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया