“फेरि भेट हुन्छ हुन्न !”

इनेप्लिज २०७२ माघ २१ गते ५:४९ मा प्रकाशित

गौतम उदय

फेरि भेट हुन्छ हुन्न हाम्रो

थाहा छैन भविष्यको

मात्र तिर्सनाले पनि तिम्रो

मेटिन्छ प्यास यो मेरो दिलको

मेटिन्छ प्यास यो मेरो दिलको |

तिम्रै सम्झनाले रंगाउँछु

हरेक दिनका यात्रा मेरा

तिम्रै कल्पनाले सजाउँछु

यो मनका सपना सारा

घुम्छन् अनेक पलहरु यहाँ

तिमीसंगै रमाएका

असंख्य छन् रातहरु यहाँ

तिमी आई ब्युँझाएका

तिमी आई ब्युँझाएका |

कैंयौं वर्ष बिते तर

सम्झना तिम्रो कति प्यारो छ

कल्पना मीठो तर

तिर्सनामा जिउन अति गाह्रो छ

रहर मेरो केवल एउटा

यात्रा गर्ने तिमीसंगै

तर डर भो यो जुनी बित्ने

भेटै नभई फेरि कतै

भेटै नभई फेरि कतै |

——- समाप्त——

प्रतिक्रिया