तीन सय भोट अन्तरले चुनाव जित्छुः नविना लामा, अध्यक्षको दाबेदार, अनेरास्ववियू

इनेप्लिज २०७२ माघ २० गते १४:१३ मा प्रकाशित

Nabina-lama

अध्यक्ष पदमा भिड्दै हुनुहुन्छ, तपाईंको उम्मेदवारी के का लागि ?

अनेरास्ववियूको महाधिवेशन भनेको पार्टीको मिनि महाधिवेशन पनि भन्ने गरिन्छ । शैक्षिक, सामाजिक, सामाजिक न्यायको आन्दोलनको लागि मात्र नभएर मैले आफूले यी आन्दोलनमा खेलेको भूमिकाका कारण, अनेरास्ववियूमा कक्षा ६ देखि अर्थात १२ वर्षको उमेरदेखि नै निरन्तर लागिरहेको छु । स्कूल कमिटीको प्रारम्भिक, क्षेत्रीय, जिल्ला,अञ्चल हुँदै स्वतन्त्र विद्यार्थी सभापति हुँदै रापस केन्द्रीय कमिटिमा तीनपटक सम्म रहेँ ।

अर्काे कुरा अनेरास्ववियूभित्र जुन खालको अराजकता र अलोकतान्त्रिक ढंगबाट प्रतिष्पर्धा भइरहेको जस्को कारण ल्याएको विकृति, विसंगति तोड्नका लागि र सबैलाई न्याय र सम्मान दिनका लागि समेत हामी जतिको नेतृत्व अनिवार्य छ भन्ने ठान्छु । महाधिवेशन आउन अब केही दिन मात्र बाँकी छ तयारी कस्तो छ ?

जनपरिचालन, प्रचार, मूल व्यवस्थापन, प्रतिनिधि व्यवस्थापनको प्रमुख स्वयम् हुँ । आवास तथा यातायातको व्यवस्थापन अरु साथीहरुले गर्नुभएको छ । देशभरको ९० प्रतिशत प्रतिनिधिहरुको छनोट भइसकेको छ । केही स्थानमा अलिअलि विवाद देखिएको छ । प्रतिनिधिहरुको इच्छा, भावना पनि आशालाग्दो र उत्साहजनक देखिन्छ ।

केही दिन अगाडि मात्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा बोलाएर मिल्न दवाव दिएको कुरा चर्चामा छ, वास्तविकता के हो ?

उहाँ सबैको नेता हुनुहुन्छ, देशको प्रधानमन्त्री । उहाँ सधै सहमति र सहकार्यको भूमिकामा जोड दिनुहुन्छ । मिलेर सहमति जुटाउनुपर्दछ अनेरास्ववियूलाई साँच्चै नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह बनाउनका निम्ति राष्ट्रियताको आन्दोलनलाई जोगाउनका लागि तपाईँहरु मिल्नुको विकल्प छैन भन्ने उहाँको आशय हो । दवाव दिएको भन्न मिल्दैन । उसो हो भने पार्टी अध्यक्षको पूर्ण समर्थन तपाईलाई छ भन्न खोज्नुभएको हो ? पार्टीको सबै नेताहरुको पूर्ण सहमति मलाई छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव सबैले मलाई पूर्ण समर्थन गर्नुभएको छ । यस्मा म पूर्ण विश्वस्त छु ।

पहिला तपाई एमाले वरिष्ठ नेता माधव नेपाल पक्षतिर, एकाएक संस्थापन पक्षतिर आइपुग्नुभयो, गुट फेर्नुको कारण के हो ?

दुइवटा कुरा छ । राजनीतिमा न्याय र सम्मानको कुरा हुँदा कम्युनिष्ट आन्दोलनमा लामो संघर्ष र बलिदान दिनुभएको व्यक्ति कमरेड केपी शर्मा हुनुहुन्छ । उहाँले लिएको मुख्य मुद्धा मध्ये एक नेतृत्वको पुस्ता हस्तान्तरण । यही कुरालाई म जस्ता विद्यार्थी नेताहरुलाई जायज लाग्नु स्वभाविकै हो । दोस्रो, केपी कमरेडको नेतृत्व र उहाँले लिएको विचार समय सान्र्दभिक छ भन्ने लाग्यो, त्यहीबाट म प्रभावित भएँ । अरु नेताहरुको विरुद्धमा लाग्न मेरो कुनै तागत छैन । म पार्टीको सिपाही, इमान्दार कार्यकर्ताको हिसाबले अवसरको खोजीमा म परिवर्तन भएँ । कसैको पद खोस्न म आएको होइन् । मुद्धा विचार, नेतृत्व, नीतिमा उहाँप्रति अलि बढी नै प्रभावित भएँ र यता लागें । संस्थापन पक्षको दुई जनाको झगडाले गर्दा अध्यक्षको पद अरुले नै उछिट्टाउनसक्ने विश्लेषण समेत गर्न थालिएको छ नि ? गलत हो, सस्थापन पक्षमा हामी एक छौं । ऐनजी र मबीच कुनै विवाद छैन । संस्थागत गरेको निर्णयलाई नै कार्यन्वयन गर्ने भन्नेमा हामी एक छौं । नेकपा एमालेका नेताहरुले चाहेको खण्डमा अनेरास्ववियू सर्वसम्मत हुन्छ । यसपटक स्वच्छ प्रतिष्पर्धा हुन्छ । त्यो केवल दुईवटा पक्षबीच मात्र हुन्छ । दुईवटा टिमबीच मिल्ने सम्भावना प्रवल छौं । त्यसमा हामी मिलेर जाने विषयमा आन्तरिक रुपमा सहमत भइसकेका छौं । जिल्ला र क्षेत्रको अवस्था कस्तो छ ? लुम्बिनी, राप्ती, नारायणी, बाग्मती, गण्डकी, धौलागिरी, कोशी, मेची प्रायः अञ्चलमा हामी अगाडि छौं । टिम सेटिङ मिलाउन अलिकित बाँकी छ । हाम्रो प्यानलकै विजय हुनेमा विश्वस्त छु । मोटामोटी ३ सयको हाराहारीको मतअन्तरले जित्छु भन्नेमा म ढुक्क छु ।

विद्यार्थी संगठनलाई मजबुत पार्नका लागि तपाईसँग के कस्ता योजना छन् ?

नेपालको विद्यार्थी आन्दोलन तुलनात्मक ढंगले केही कमजोर हुँदैछ । यस्लाई बनाउन र सुधार्न सकिन्छ । म धेरै महत्वाकांक्षी योजना बनाउन चाहन्न । काम गरेर देखाएकै हो, देखाउन चाहन्छु । व्यक्ति को हो भन्दा पनि काम के ग¥र्यो भन्ने कुरा महत्वपूर्ण कुरा हो । मुख्य रुपमा मसँग चारवटा योजना छन् । तीन महिनासम्म संगठन विस्तार र सृदृढीकरण, तीन महिना प्रशिक्षण र विचारको बहस, रचनात्मक र दबाब अभियान र चौथोमा आर्थिक उर्पाजनको अभियानलाई व्यवस्थित ढंगले अगाडि बढाई गुटबन्दीको अन्त्य, समावेशी, सामानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुनेछ । ३३ प्रतिशत आरक्षणलाई बढाएर ५० प्रतिशत पु¥याउने योजना हो । आज अखिलमा ३५ प्रतिशत महिला सहभागिता छ ।

विद्यार्थीलाई भ¥याङ बनाएर पदमा पुग्ने तर विद्यार्थी र शैक्षिक क्षेत्रको विकासको लागि केहि नगर्ने विद्यार्थी नेताहरुको प्रवृत्ति छ भनेर आलोचना पनि हुन्छ नि ?

विगतमा संगठन, पार्टी या विद्यार्थीसँगको व्यवहारमा मैले सबैलाई समेट्ने कोसिस गरेको छु । विद्यार्थीलाई समेट्ने कुरामा भर्याङ मात्रै बनाएको हुँदैन, संगठनबाट साथ र सहयोग पाएका हुन्छन् । विद्यार्थीका केहि मुद्दाहरु बेवास्ता नभएका होइनन तर त्यसका लागि राम्रा मानिसलाई पदमा पठाउनुपर्छ । केहि ब्यक्तिहरुले पदको दुरुप्रयोग गरेर रातारात पैसा थुपारेर विद्यार्थीलाई बेवास्ता गरेको साँचो हो ।

प्रस्तुतिः हरि गजुरेल /दैनिक नेपाल –

प्रतिक्रिया