बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको निधन

इनेप्लिज २०७२ माघ २० गते १३:५२ मा प्रकाशित

12659830_10153869571061000_1184533707_n

नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको उपचारको क्रममा निधन भएको छ । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारकै क्रममा ८१ बर्षीय रायमाझीको निधन भएको हो । एक्कासी अचेत भएर लडेपछि नर्भिकमा भर्ना गरिएको रायमाझीको शवलाई अहिले प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको शवलाई आजै आर्यघाटमा दाहासंकार गरिने बताईएको छ । बलिउडमा करिब सय बढी चलचित्रमा नृत्य गरेका बसन्त जंग रायमाझी देशको मायाले नेपाल आएका थिए । उनले बलिउडका चर्चित नायक अमिताभ बच्चनसँग पनि चलचित्रमा नृत्य गरेका थिए ।

 

प्रतिक्रिया