बिआरटी नेपाल सम्बादाता, कोलोराडो:-अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरले जनवरी महिनाको नियमित साहित्यिक यात्रा सम्पन्न गरेको छ । भोला सिवाकोटी पुरानाघरे तथा टिका सिवाकोटिको प्रायोजनमा भएको उक्त कार्यक्रमको सभापतित्व बुद्धिजीवी तथा समाजसेवी डा. विजयराज शर्माले गर्नु भएको थियो ।
नेपाल अमेरिका टेलिभिजन, रेडियो हिमालय र ग्लोबल नेपाली रेडियो तथा युएसखबर अनलाई रेडियो समेतले यस कार्यक्रमलाई विश्वब्यापी रूपमा प्रचार प्रसार गर्ने जानकारीले कार्यक्रमको आकर्षण थपिएको छ । सदाको झैँ कोलोराडोका कबिहरु आफ्ना बेजोड रचनामा प्रस्तुत भएका थिए भने कार्यक्रमको अन्तमा अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले प्रस्तुत रचना प्रति समीक्षा गर्नु भएको थियो । जनवरी ३१, २०१५ मा सञ्चालित उक्त कार्यक्रममा प्यालेस्टाईनी कवि असरफ फायदको मृत्युदण्ड विरोध गर्नुको साथै उनको बारेमा अनुवादित कविता समेत प्रस्तुत गरिएको थियो ।
पुरानेघरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष भुपेन्द्र महतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने आनन्द पोखरेल, दामोदर लुँईटेल, समिर आचार्य, भुपेन्द्र महत, देव भट्टराई, विजय राज शर्मा, भोला शिवाकोटी, पदम विश्वकर्मा र बिलोल पोखरेल जस्ता कबिहरुबाट एक जोडी रचना वाचन गरिएको थियो । पुराना स्रष्टाको सम्मान गर्दै यस पटक कवि शिरोमणि लेखनाथको कालमहिमा कवि देव भट्टराईबाट तथा च्याप्टरका महासचिव दिनेश कुमार कार्कीले शेखर अविरलको गजल र रुबाइको वाचन गर्नु भएको थियो । ह्युस्टन, टेक्सासबाट आउनु भएको कवि तथा कलाकार बिलोल पोखरेल अथितिको रूपमा आउनु भई आफ्ना मिठो रचना समेत प्रस्तुत गर्नु भएको थियो भने कोलोराडोको चलचित्र नायक नवराज श्रेष्ठले उनको आगामी चलचित्रको गीत गाएर सुनाउनु भएको थियो ।
महिलाको लागि महिला भन्ने एनआरएनको लागि राधा पौड्यालको तथा integrating into main community को अभियन्ता एच बि (ह्यारी) भण्डारीको सन्देश सम्प्रेशण गरिनुको साथ स्वादिस्ट भोजनको समेत व्यवस्था गरिएको थियो । कोलोराडोको साहित्यिक यात्राालाई निरन्तर प्रचार प्रसार गर्ने बिआरटीनेपाल सहित अन्य मिडियालाई च्याप्टरले धन्यवाद ज्ञापन गरेको थियो ।
प्रतिक्रिया