दुई युवतीको उद्धार
इनेप्लिज
२०७२ माघ १९ गते १०:४० मा प्रकाशित
काँकडभिट्टा (झापा), १९ माघ । सिन्धुपाल्चोक जिल्लाबाट भारततर्फ लैजाँदै गरिएका दुई नेपाली युवतीलाई झापाको ‘साना हातहरू नेपाल’ नामक संस्थाले भद्रपुरबाट उद्धार गरेको छ ।
संस्थाका अध्यक्ष जगतबहादुर वाग्लेकाअनुसार गत आइतबार किर्तामोडबाट बस चढेर आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१४ की १८ वर्षीया रुपा पाख्रिन र कुलेखानी गाविस–७ की २० वर्षीया सरिता स्याङ्देनलाई चन्द्रगढीबाट उद्धार गरिएको हो ।
दुवैलाई रोजगारी दिलाउनका लागि दुवई लैजाने भन्दै मानव बेचबिखनमा संलग्न गिरोहले भद्रपुरको नाका हुँदै भारत लैजान लागेको थियो ।
प्रहरीको सहयोगमा चन्द्रगढीमा ती युवतीलाई सोधपुछ गर्न लाग्दा गिरोहका दलाल फरार भएको वाग्लेले बताउनुभयो । उद्धार गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा ‘साना हातहरू नेपाल’को भद्रपुरस्थित आश्रयस्थलमा राखिएको छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया