पेट्रोलियम पदार्थको कारोबजारी गर्ने दुई पक्राउ

इनेप्लिज २०७२ माघ १८ गते १३:०० मा प्रकाशित

काठमाडौँ, १८ माघ । पेट्रोलियम पदार्थको कालोबजारी गर्ने दुई जनालाई कलङ्की र कपनबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

आधा सिलिन्डर ग्यासको मूल्य रु एक हजारदेखि एक हजार ५०० सम्म लिई बिक्री गर्ने बूढानिलकण्ठ नगरपालिका, कपन आकासे धारास्थित राजेश भारतीले सञ्चालन गरेको रारा एन्ड इन्टरप्राइजेज नामक ग्यास बिक्रेता पसलबाट एसटिसी २७ र गीता २५८ थान ग्यास सिलिन्डरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी कङ्लकीस्थित उग्रचन्डी स्टोर नामक पसलबाट पेट्रोल ३२० लिटर, मट्टितेल १२५ लिटर र डिजेल ५० लिटरसहित सञ्चालक यशोदा बजगाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकालाई आवश्यक कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया