मह जोडीले दिए भारतलाई धन्यबाद (भिडियोसहित)

इनेप्लिज २०७२ माघ १७ गते १५:२८ मा प्रकाशित

maha-jodi-555x335

काठमाडौ । भारतले गरेको अघोषित नाकाबन्दीको कारण मुलुक भरीको जनजीवन कष्टकर बनेको छ । मानिसहरु तेल, ग्यास लिन घण्टै लाईनमा बस्न बाध्य छन भने महंगी आकासिएको छ । मुलुकको अर्थतन्त्र थलिएको छ । यस्तो अवस्थामा सबै नेपाली जनताले भारतको विरोध गरिरहेका छन तर नेपालकै चर्चित हास्य जोडी एवम बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले भने नाकाबन्दीको लागि भारतलाई धन्यबाद दिएका छन ।
उनीहरु एक गित निकालेर भारतलाई नाकाबन्दीको लागि धन्यबाद दिएका हुन । ‘धन्यवाद छ छिमेकी धन्यवाद छिमेकी’ भन्दै चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक भिडियो तयार पाएका छन् ।
हरिवंश आचार्यको शब्द रहेको यो गीतमा यमन श्रेष्ठको संगीत छ । भिडियोलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।
नेपालमा नाकाबन्दी लगाएर छिमेकी भारतले आँखा देखाइदिएको भन्दै यो गीतमा नेपालीले नै मधेसलाई भारतले भन्दा धेरै माया गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया