आज कतै वार्तालापमा, मेरो देशको कुरा चल्यो
निकासको कुरा चल्यो, विकासको कुरा चल्यो
अमरसिंहको सन्तान भन्ने, मेरो स्वाभिमान ढल्यो
मेरो स्वाभिमान ढल्यो |
प्रति-व्यक्ति आयलाई, सय भित्रै भन्नु पर्दा
सर्माएर आँखा झुकाई, रातै-रातै बन्नु पर्दा
सगरमाथा वरिपरि, आँखैअघि आँधी चल्यो
हिमालको सन्तान भन्ने, मेरो स्वाभिमान ढल्यो |
मेरो स्वाभिमान ढल्यो |
विज्ञानको कुरा चल्दा, प्रविधिको कुरा चल्दा
भित्र मर्म छामी-छामी, नदुखे झैं गर्नु पर्दा
कारकहरु सम्झिएर, नासानासा आगो बल्यो
नेपालको सन्तान भन्ने, मेरो स्वाभिमान ढल्यो
मेरो स्वाभिमान ढल्यो |
प्रतिक्रिया