देशका ४ प्रधान मन्त्रिको कार्यक्रममा उद्घोषण गर्ने मौका पाउनु लटतरो कुरा हो त ?

इनेप्लिज २०७२ माघ १५ गते ३:१२ मा प्रकाशित

prime ministers 4

कुनै पनि कार्यक्रममा एउटा कार्यक्रम संचालक / उद्घोषक को आवस्यकता पर्ने हुन्छ l यस्तै आवस्यकता पर्ने क्रम मै चन्द्रमा दाहिने भएर होला म पनि सौभाग्यले देशका प्रख्यात ४ प्रधान मन्त्रि को सामुन्ने कार्यक्रम संचालन गर्ने मौका पाए भन्दा नै बेस होला l

अरु कुरा नभनेता पनि यसो भनि दिदा केहि बिग्रदैन l आफु ब्यबसायिक उद्घोषक (एमसी ) पनि हैन l ट्वाक्क टुक्क कुरा मिलाउन अलि अलि जानिन्छ कि जस्तो लाग्दछ l शायद त्यसैले राष्ट्र कै हस्तीका कार्यक्रममा खुट्टा नकमाई बोल्ने भाग्यशाली पनि भए l नबिगारी उद्घोषण गरे l स्याबासी पनि पाए l

फेरी यो नाथे ,ठुला कुरा पनि हैन l आफु बधाई चढाई गर्ने पनि हैन l कांग्रेसको महाधिवेसन नजिकिदै जाँदा स्व गिरिजा प्रसाद कोइरालालाई सम्झन पुगे l कलम निरन्तर चलाई रहनु हुने हुनाले कलम घुमाउन मन लाग्यो l

आफु २० बर्ष देखि नेपाली मात्र बोल्ने तर गिरिजा बाबु प्रमुख अतिथि भएको समयमा अंगेजीमा उद्घोष गर्नु पर्ने ,सक्किगोनि l मेरो के हालत भयो होला l कति जरिवाना तिरे होला l नाक कान घाटी रोग चिकित्सकका बिशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन मा मौका पाए त्यो पनि अंग्रेजीमा गर्नु पर्ने l

झन्डै डेढ दशक अगाडी बिराटनगरमा बिसुद्ध नेपाली भाषा अभियान बोकेर हिडेको मानिस ठुलो संकटमा पर्यो l मैले अंग्रेजीमा कार्यक्रम संचालन गरेको समयका केहि साथी अमेरिका पनि आएका छन उनीहरु यसका प्रमाण हुन् l अति मज्जा को कुरा प्रमुख अतिथि स्व गिरिजा बाबुलाई मैले देशले रगत मागे ,मलाई बलि चढाउनु भन्ने गित गाए l र बिदेशीहरु पनि भएकोले,अंग्रेजीमा गितको सार भनि दिए l अनि दनादन कार्यक्रमको धमाका सुरु भयो l तर गिरिजा बाबु प्रधान मन्त्रि र अति समयको अभावको कारण मलाई आयोजकले नभनी स्वयम् प्रमुख अतिथि गिरिजा बाबुले भाई छिटो गर्नुस त भनि गाली गर्नु भयो l

अर्को सम्झना स्व सुर्य बहादुर थापा ,एक कार्यक्रमको शिलशिलामा मोरंग ,बिराटनगरको रत्ना होटल (अतिथि गृह )मा आफुले कार्यक्रम गर्दा प्रसंसाको साथै हर्ष व्यक्त गर्नु भएको थियो l नेपाली बिसुद्ध बोल्दा अलिक छक्क जस्तो हुनु भएको थियो l सुबाथा आफनो नाता भएकोले चिनजान थियो l हाम्रो पनि वहाको पनि पुर्खाली घर धनकुटा मुगा l

अर्का प्रधान मन्त्रि सुशील कोइराला ,पटक पटक अमेरिका आई रहने l आफु पनि संघ तथा संस्थामा आबद्धको साथै पदाधिकारी नै भएकोले कार्यक्रम संचालन गर्न नपाउनु भनेको ठुलो कुरा हैन l २- ४ पटक नै गरे होला l कार्यक्रम संचालक भएको हैसियतले मैले सम्झनु पर्दा वहाले पटक पटक माओबादीको कारण संबिधान लेखनमा ढिल र सुस्ती भएको स्पस्ट भन्नु हुन्थ्यो l

अर्का वर्तमान प्रधान मन्त्रि के पी शर्मा ओली संग संग पनि अमेरिका आएको समयमा आफुले कार्यक्रम संचालन गर्ने मौका पाए l अमेरिका सम्भवत वहा स्वास्थ्य परिक्षण को लागि सन् २०१० मा आउनु भएको थियो l वाशिंगटन डिसीमा आएको समयमा भेटघाट कार्यक्रमको चाजो मिलाइयो l

वहा संग भएको साक्षात्कार अलिक रमाइलो पनि हुन् पुग्यो l बौद्धिक व्यक्तित्व ,प्रस्ट विचार र खरो जवाफ दिन माहिर प्रधानमन्त्री ओली l बिजय दशमीको अस्टमी को दिन कार्यक्रम जुर्यो l सहभागिताको उपस्थिति न्युनतम रह्यो l कार्यक्रमको आयोजना गर्ने उत्तर अमेरिका कै सबै भन्दा जेस्ठ अमेरिका नेपाल सोसाइटीले जिम्मा लिएको थियो l

कार्यक्रम गर्ने मौका पाए गरे l आयोजकले राम्रो गरिस भनेर स्याबासी पनि पाए l आफ्नो काम जिम्मेबार पूर्ण गर्ने भएकोले आफुले धर्म छोडिन l मन्त्रि केपी शर्मा ओली को कार्यक्रममा अति राम्रा कुरा पस्कनु भयो l विचार अति नै राम्रो दिनु भयो त्यो भन्दा उत्तम अभिव्यक्ति सवालको जवाफमा उत्कृस्ट दिनु भयो l पितृ बुझाई दिनु भयो l

उद्घोषक हुने मौका पाएकोले त्यो समयमा संबिधान लेखन अपरिहार्यता भएकोले कुनै पनि हालतमा संबिधान लेखन तार्किक बिन्दुमा पुर्याउनु पर्छ भन्ने दृढ संकल्प छोड्नु भएको थियो l र माओबादीले आफुलाई मार्न कोसिस गरि रहेको उल्लेख गर्नु भएको थियो l माओबादीलाई मानिस बनाएर छोड्ने कुरा भन्नु भएको थियो l

तर राजनीतिको खेल कट्टर दुस्मन रहेको माओबादी कै कारण केपीशर्मा ओली प्रधानमन्त्री हुनु भयो l राजनीतिमा कहिले दुश्मन हुदैन l आयोजक अमेरिका नेपाल सोसाइटीका तत्कालिन अध्यक्षले अध्यक्षीय मन्तब्य क्रममा ओलीलाई दिल्ली किन सुटुक्क जानु हुन्छ भन्ने जस्ता आरोप र प्रत्यारोप लगाई दिएकोले वर्तमान प्रधान मन्त्रि केपीशर्मा ओली अलिक दुख मनाउ गर्नु भयो l ओलीका अमेरिकामा रहेका कार्यकर्ता कड्किए l आयोजकले नै झुटा आरोप लगाई दिदा अलिक वातावरण बिग्रे जस्तो भयो l तर पनि वहाले आफुले कुरा राख्न नपाएकोमा दुख व्यक्त गर्नु भएको उद्घोषक भएकोले अहिले पनि त्यो दिमागमा घुमी रहन्छ l

तपाईले जे सोच्नुहोस ,मैले जीवन मा यस्तो अब गर्न कहिले सक्दिन l यस्तो सुनौलो मौका कहिँ पाउदिन किनभने म मुग्लान मा छु l ४ वटा प्रधान मन्त्रिको कार्यक्रममा कार्यक्रम संचालन गर्न पाउनु ठुलो कुरा हैन त ? लटतरो कुरा हो त ? किनभने आफु ब्यबसायिक उद्घोषक पनि हैन l तर आई पर्यो बिर बलभद्रका सन्तान भएकोले डर मान्ने कुरै हैन l धन्य ईस्वर ! ४ वटा प्रधान मन्त्रि संग संगै बस्ने मौका मिलाई दियौ l प्रभुको जय होस् !

प्रतिक्रिया