अमेरिका भासिएकालाई नेपालको घर र पैतृक सम्पत्ति किन टाउको दुखाई बन्दै ?

इनेप्लिज २०७२ माघ १४ गते २:२७ मा प्रकाशित

BIJAY THAPA

मुलुक झन् अन्यौल र अनिश्चितताको भुमरीमा धकलिदै छ l यस्को प्रभावले मुग्लान पस्ने क्रम तेज भै रहेको छ l जे जस्तो कारणले अमेरिका भासिएका नेपालीलाई अब नेपालको आफ्नो पौरखले बनाएको घर घाडो बन्दै छ l पैतृक सम्पत्ति टाउको दुखाई हुन् थालेको छ l अब पहिलेको जस्तो इमान्दारिता रहेन देशमा l आफुले पत्याएकाले पनि धोकाधडी दिने मानिसको कमि रहेन l बिश्वासघातका शृंखला बढ्दै गएकोले अब अमेरिकामा घरजम गरेकाले धमाधम नेपालको सम्पत्ति बेच बिखन गर्दै अमेरिकामा लगानी गर्ने क्रम अत्यधिक बढ्न थालेको छ l

अमेरिका आएकाले अब नेपाल सरकार तथा राजनैतिक दल संग विश्वास गर्न छोडेका छन् l आस्था मारेका छन् l अस्थिरता ,अन्यौल वातावरण ,बेरोजगारी ,राजनैतिक अस्थिरता ,राजनैतिक खिचातानी ,हड्ताल ,बन्द बाट आजित भएर बिदेशिएका नेपालीहरु अब स्वदेशमा लगानी भन्दा कर्मथलोमा लगानी गर्ने क्रम ज्यादै बढेको छ l

देशभक्ति र राष्ट्रियताले मुखमा माड लगाउन नपाइने ठानी बिदेशिनु बाध्यता भएको छ l नेपालमा आफुले निर्माण गरेको घर बेची उक्त रकमले अमेरिकामा थपथाप गरि गक्ष अनुसारको घर किन्ने मानिसको ऒइरो छ l अब नेपालमा सम्पत्ती राखी अरुलाई पोस्नु झैँ हुने भएकोले त्यो झन्झटबाट अमेरिका छिरेका मानिस मुक्त हुन् चाहन्छन l

नेपाली समुदायले घर या पैतृक सम्पत्ति बेचेर अमेरिकामा ब्यापारमा लगानी गरि राम्रो कमाई गर्ने थुप्रै नेपाली छन् l २ दशक र १ दशक अगाडी जस्तो यता कमाउने र नेपालमा घर जोड्ने काम अत्यन्तै न्यून हुदै गई रहेको छ l अमेरिकामा बोरामा कमाएर नेपालमा सम्पत्ति जोड्ने पनि न्युनतम भेटिन्छन l तर अधिकांस नेपालीहरु अमेरिका टेके पछि नेपालमा फर्केर केहि गरौला भन्ने समुदाय बिस्तारै कम हुदै गइ रहेको छ l

अब नेपालमा घर छोडेर जिम्मा लगाएर आएका संग अमेरिकामा बसी जोरी खोज्न सक्दैनन् l आफुले भाडामा राखेको मान्छेलाई फकाएर महिना काट्ने बित्तिकै अमेरिका बाट सम्झाउनु पर्ने स्थिति नेपाली समुदायले भोगी रहेका छन् l भाडा नतिरेर प्रहरी लगाउनु पर्ने अवस्था पनि परेका कैयौ घरहरु छन् l उता घर चुहिएर ,बिग्रेर ,मर्मत गर्नु पर्ने भनि बर्षेनी आउने घर बहाल भन्दा ज्यादा अमेरिका बाट मुद्रा पठाउन बाध्य भएका कैयौ नेपाली भेटिन्छन l

काक्रा लाई थाक्रा दियो थाक्रै धनि भने झैँ बहालमा बस्ने साहु भन्दा पनि कडा बोलेर थर्काउने गर्छन l सबै भन्दा झगडाको काल अमेरिका गएका छन् डलर को खेति गर्छन भन्दै उनीहरुलाई द्रब्यको के कमि भनि सोची दिदा ठुलो कलह भै दिन्छ l यस्ता कैयौ घटना भएका छन् l घर बहालमा दिए पछि घर नछोड्ने र बहाल पनि नदिने पनि कैयौ भेटिन्छन l अमेरिका गएकालाई पैसाको के कमि भनि आलटाल गर्ने र धुरुक्क रुवाए पछि मानिसलाई नेपालको घर भालुको कन्पट झैँ हुन् थालेको छ l

अमेरिकाबाट संचार माध्यम बाट कुरा गर्न खोज्यो बेपत्ता र घन्टी नै न उठाए पछि टाउको दुखाई नै भएन l यस्तो प्रकारको बदमासी भै दिने गरेकोले अमेरिका आएका मानिसले अब नेपाल फर्कने भन्दा खुरुक्क बेच्ने गर्छन l नेपालमा घर या पैतृक सम्पत्ति बेची अमेरिकामा राख्दा धेरै फाईदा हुने हुनाले मानिसले नेपालमा घर बेच्ने गति तिब्र भै रहेको छ l बृद्ध भएका आमा बुवालाई समेत अमेरिका ल्याउने क्रम बढ्दै गएको छ l

अचानाको चोट खुकुरीलाई थाहा हुँदैन भने झैँ नेपालमा घर छ भन्दा अझ बेचेको छैनस भनि सुझाब र सल्लाह दिने गरिन्छ l पछिल्लो भूकम्प बाट घर क्षति भएका कैयौ नेपाली समुदायले यसको पिडा भोगेका छन् l जिन्दगि भर अमेरिका बस्ने योजना रहने तर नेपाल जाने भनि कल्पना गर्ने कैयौ नेपालीहरु नेपालमा गएको भूकम्प र पछिल्लो मदेश आन्दोलनको कारण अब नेपालमा रहेको घर बेच्न सोच्न बाध्य भएका छन् l भारतले सिक्किम बनाउने हो कि भन्ने पनि अर्को शंका उप शंका उब्जिन थालेको छ l भोलि भारतले नेपाल हड्पियो भने भएको घर निल्नु न ओकल्नु हुन्छ भन्ने तर्फ पनि डर पस्न थालेको छ l घर बहालमा बस्ने मानिसले आफ्नो सम्पत्ति झैँ गरि नाना थरि गरे पछि घरसाहु लाई अमेरिकामा रक्तचाप बढ्ने पनि हुन्छ l

अब मानिस पहिले को जस्तो एकै ठाउँमा बसी रहनु पर्ने छैन भने मानसिकता लिएर हिदैनन l आफ्ना सम्पूर्ण सन्तान अमेरिका भएकोले नेपालको घर घाडो भै दिनाले अमेरिकामा भासिएका मानिस खुसि साथ बेच्न तयार छन् l भटाभट बेची रकम अनेक उपाय द्वारा ल्याई रहेका छन् l यो क्रम बढ्दो छ l निरन्तरता हुने छ l

प्रतिक्रिया