“अनेसासको इतिहास” पुस्तकको लागि लेखको आह्वान

इनेप्लिज २०७२ माघ ११ गते २०:५२ मा प्रकाशित

Biratnagar-Naka-2-768x576 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो रजत महोत्सवका अवसरमा  “अनेसासको इतिहास”  नामक  पुस्तक प्रकाशन  गर्ने भएको छ | अनेसास केन्द्रको रजत महोत्सवको अवसरमा विमोचन गर्ने गरी छाप्न अनेसासका सस्थापक अध्यक्ष  होमनाथ सुवेदीको प्रधान सम्पादकत्वमा सम्पादक समिति गठन गरेको छ | उक्त समितिका सम्पादकहरूमा  डा.श्याम कार्की [email protected]  , मोहन सिटौला [email protected] , गीता खत्री[email protected] , राम खत्री [email protected]  , गोवर्धन पूजा[email protected]  ,  सन्ध्या पहाडी [email protected] रहेका छन् | उक्त पुस्तकमा लेख समावेश गराउन इच्छुक लेखकहरुले सहभागिता  जनाउन फरवरी १५, २०१६सम्म अनेसासको तोकिएको स्थान आइपुग्ने गरि पठाउन अनुरोध  गरिएको छ। 

लेखक विषय निम्न हुनसक्ने छन् :-

१. कुन राज्य वा राष्ट्र वा महादेशको क्षेत्र कुन कुन हो ? कुन च्याप्टर हो ?

२. त्यस च्याप्टरको स्थापना कहिले कुन स्थानमा भयो  ? संस्थापक को को हुन् ?पहिलेदेखि अहिलेसम्मका पदाधिकारी को को भए ? निर्वाचनबाट भए वा मनोनित भए ? के संस्था दर्ता छ ? देवकोटा जयन्ती कहिलेदेखि मनाउन थालियो ? त्यस अघि के के गरिन्थ्यो? पछि के के प्रकाशन भए? तिनीहरुको संक्षिप्त परिचय के हो ? के पत्रिका निकाल्छन् ? के कस्तो छ ? के त्यहाँ भाषा कक्षा चल्छन् ? कसले कसरी चलाउँछन् त्यसको इतिहासको विवरण के हो ?  प्रशाशन ? पाठ्क्रम ? लगानी र उत्पादनको तुलनात्मक अध्ययन के छ ?सेमिनार , जयन्ती र अन्य गोष्ठी वा सम्मानका विवरणहरु र तिनको वैशिष्ठ्य भाषा,साहित्य र संस्कृतिको परिप्रेक्षमा के हो ? के त्यहाँ एवार्ड छन् अनेसासका ? अरुका छन् ?ककसले एवार्ड जितेका छन् ? को कसले ? के कुन कस्ता पुस्तकको लागि कहिले कति ?

३. च्याप्टर बाहेक अरु साहित्यिक संस्थाको क्रिया कलाप त्यो क्षेत्रमा के कस्तो छ ?

४. त्यो क्षेत्रमा अनेसासका प्रकाशित कृतिमा यहाँको समीक्षा के छ ? त्यस्तै विविध पक्षमा यहाँको के अवलोकन छ ?

५ तथ्यहरु पाएको फुट नोट र सन्दर्भ ग्रन्थ वा पत्रिका वा व्यक्तिको सूची वा संकेत दिनुहोला ।

६. यसभन्दा बढी यो अनेक डायस्पोरामा वा भनौं नयाँ डायस्पोरामा अनेसास पेरिफेरिमा रहेर नेपाली भाषा र साहित्यको डायस्पोरामा अनेसासले खेलेको रोल र अरुले दिएको साथको समेत केही कुरा थप्नु आवश्यक भए थपेर आआफ्ना प्रस्तुति तयार गरी पठाउनुपर्छ ।  अनेसास अनेक डायस्पोराको सिद्धान्तलाई मान्दछ त्यसैले यसको समानान्तरमा रहेका अनेकौं नेपाली साहित्यिक वा गैह्र साहित्यिक संस्थाहरुसित यो हातेमाले गरेर हिड्न सक्तछ । त्यसैले सबै सँस्थासित सौहार्दपूर्ण सम्वन्ध कायम गरी यो पुस्तकको सम्पादन हुनेछ ।

७. यी प्रश्न, उत्तर र लेखको पनि उद्देश्य कुनै पनि च्याप्टर वा व्यक्तिको कमी कमजोरी भेटाएर त्यसलाई दुरुपयोग गर्नु चाहि होइन । पठाएको कुरो सम्पादित भएर प्राज्ञिक पक्ष मात्र प्रकाशित हुनेछ । अशिष्ट र अश्लील गाली गलौजलाई यसमा स्थान हुने छैन ।

८. वर्तमान अनेसासको योजना हो यो । त्यसैले अनेसासका उद्देश्य, नीति र नियम तथा विनियममाथि आक्रमण गर्ने नियतले लेखिएका कुनै पनि प्रस्तुतिलाई यो सम्पादनको टीमले यसमा प्रस्तुत गर्न इजाजत दिने छैन । प्राज्ञिक समीक्षा गर्न यसले बाधा पार्ने पनि छैन ।

९. नेपाली भाषामा प्रीति फन्टमा यौटा च्याप्टरले ५ पेजमा न बढाई प्रस्तुति तयार गर्नुपर्नेछ । लेखहरुको सम्पादनको पूर्णाधिकार सम्पादक मण्डलमा रहने छ । सम्पादिन बस्तुमा लेखकले कुनै हस्तक्षेप गर्न पाउने छैन ।  यी प्रस्तुतिहरु सबै अनेसासको सम्पत्ति हुनेछन् ।

१०. यसको लागि लेख्नु अघि तपाईले लेख्ने शीर्षक र त्यसको आउट लाइन लेखेर यही जनवरी ३० तारिकसम्म सम्पादन समितिबाट स्वीकृति लिएको हुुनुपर्ने छ । फरवरी १५ पछि समितिले लेखहरु लेख्न मनोनयन गर्नेछ ।

११.  तोकिएको मिति र स्थानमा न आएका समीक्षा न छापिएमा लेखकले प्रश्न गर्न पाउने छैन ।

१२. यो पुस्तकको लागि समय तालिका यसरी तोकिएको छ

0    आउट लाइन प्रस्तुत गर्नुपर्ने अन्तिम मिति ०१/३०/२०१६

0    प्रस्तुतिको लेख इमेल गर्नुपर्ने अन्तिम मिति ०२/१५/२०१६

0    लुप्त र अनुसन्धेय लेख समेत सम्पादकहरुले तयार गर्नु गराउनु पर्ने लेख,अध्याय र दस्ताबेजहरु इमेल गर्नुपर्ने अन्तिम मिति ०२/३०/२०१६

0    पुस्तकको  प्रथम मस्यौदा तयार गरी प्रस्तुत गर्ने दिन  ०३/०७/२०१६

0    परिमार्जित पाण्डुलिपी तयार गर्ने अन्तिम मिति ०४/१०/२०१६

0    प्रेसमा पठाउने अन्तिम मिति ०४/१५/२०१६

0    मुद्रणको काम सक्ने ०५/१५/२०१६

0    विमोचनको लागि पुस्तक वाशिंगटन डीसीमा आइपुग्ने ०५/२५/२०१६

 

१४. यो योजना अनेसासको हो तर पवित्र रुपमा यो प्राज्ञिक अध्ययन हो । अनेसासका अरु मतान्तरसित यसको कुनै सम्वन्ध छैन । हाम्रो यो योजनामा केह्ी त्रुटी छन् भने औल्याइदिनुहुन पनि विज्ञजनहरुमा हामी सादर अनुरोध गर्दछौं ।

पुनश्च : रजत जयन्तीको पूरा कार्यक्रमको सूचना अनेसासको रतजयन्ती समारोह समितिबाट आउदै छ । यो सूचना केवल पुस्तक सम्पादन पक्षको मात्र हो। लेखकहरुलाई यस अगि समय कम भएर समस्या भएको कारणले ढिलो न होस भनी यो सूचना तुरुन्त प्रेसमा पठाइएको हो ।

होमनाथ सुवेदी

[email protected]

प्रधान सम्पादक

तथा

अनेसास इतिहास पुस्तक सम्पादन समिति

 

प्रतिक्रिया