जापानवासी पूर्वेलीहरु संगठित, सुभाष लोहनी अध्यक्षमा चयन

इनेप्लिज २०७२ माघ ११ गते १४:०२ मा प्रकाशित

3

जापानमा वसोवास गर्दै आएका पूर्वी नेपालका नेपालीहरु पूर्वी नेपाल विकास सहकार्य केन्द्र, जापान नामक संस्थाको गठन गर्दै जापानमा संगठित भएका छन। मोरङ, विराटनगरका सुभाष लोहनीको अध्यक्षतामा १४ जिल्लाका प्रतिनिधिहरु संयोजक रहने गरि आईतवार आयोजित प्रथम अधिवेशनले १७ सदस्यिय कार्य समिति चयन गरेको हो । टोकियो सोल्मारी सभाहलमा आयोजित अधिवेशनले सचिवमा कुमार वन तथा कोषाध्यक्षमा ध्रुवकुमार थापालाई चयन गरेको छ ।

नेपालको संविधान २०७२ले प्रस्ताव गरे अनुरुप संघीय प्रदेश १बाट प्रतिनिधित्व हुने गरि १४ जिल्लाका संयोजकहरुमा कुमार कार्की ताप्लेजुङ, मदन चापागाई पाँचथर, डिल्लीराम शिवाकोटी झापा, अमित गौतम मोरङ, भूपीगोविन्द श्रेष्ठ सुनसरी, विनोद कटुवाल धनकुटा रहेका छन । यस्तै पासाङ्ग शेर्पा सोलुखुम्वु, कविर ताम्राकार भोजपुर, सम्मर वहादुर गिरी ओखलढुङ्गा, हरि गेलाल खोटाङ चुनिएका छन । यस्तै एक महिला सहित तीन जिल्ला सदस्यहरुमा उपस्थिति भए अनुसार पाँचथरबाट अखिल राई, झापाका चुडामणी काफले, सुनसरीबाट माधवकुमार कार्की र रामबहादुर कार्की, तेह्रथुमका गजेन्द्र खवास, ओखलढुङ्गाका शोभा कार्की र सुरेश घिमिरे,सोलुखुम्वुका दिपकुमार वुर्जा र उदयपुरबाट सुजन खडका चयन भएका छन ।

1

बाँकी रहेका जिल्ला ईलाम, संखुवासभा, तेह्रथुम र उदयपुर जिल्लाका लागि संयोजक तथा अन्य जिल्लामा सदस्यहरु आगामी वैठकबाट पदपुर्ति गरिने जनाईएको छ । पूर्वी नेपालको समग्र कृषि, पर्यटन र व्यवसाय मुलक क्षेत्रमा लगानी तथा ठोस योजना निमार्णका लागि केन्द्रले आवश्यक कार्ययोजना बनाएर काम शुरु गर्न समारोहमा सहभागिहरुले आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको खुल्ला सत्रमा प्रमुख अतिथि एनआरएनए जापानका सल्लाहकार तथा लामो समय देखि जापानमा वसोवास गर्दै आउनुभएका मेघराज नेपाल पूर्वी नेपालले विकास तथा पूर्वाधार निमार्णमा संस्थाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आदिवासी जनजाति जापानका अध्यक्ष पासाङ्ग शेर्पा, तमुधिँ जापान वरिष्ट उपाध्यक्ष अनिता गुरुङ, संस्थामा संस्थापक सदस्य भूपिगोविन्द श्रेष्ठ, डिल्लीराम सिवाकोटी लगायतले संस्थाको उदेश्य तथा कार्ययोजना विषयमा आफनो धारणा राख्नुभएको भयो । उहाँहरुले हरेक नेपालीले आआफनो ठाउबाट मातृभूमिको विकासका लागि हातेमालो गरेर अगाढी वढनु पर्ने धारणा राख्नुभएको थियो ।

2

 

प्रतिक्रिया