पल पल तड्पिन्छु

इनेप्लिज २०७२ माघ ११ गते ११:२४ मा प्रकाशित

शोभि अजर

 

पाइला पाइला पछ्याएँ मैले

तर तिमीलाई भेटिन

मुस्कान मुस्कान सम्झेँ मैले

तिम्रो जस्तो पाइन

पल पल तड्पिन्छु

प्रेमको पोको खोलेँ मैले

तर तिमीलाई भेटिन

दयालु मन देखेँ मैले

तिम्रो जस्तो पाइन

पल पल तड्पिन्छु

सुरिलो धुन सुनेँ मैले

तर तिमीलाई भेटिन

शब्द शब्द पढेँ मैले

तिम्रो जस्तो पाइन

पल पल तड्पिन्छु

प्रकृतिको आँगन हेरेँ मैले

तर तिमीलाई भेटिन

जिन्दगी अनुभव गरेँ मैले

तिम्रो जस्तो पाइन

पल पल तड्पिन्छु

(समाप्त)

प्रतिक्रिया