नेवा: अर्गनाइजेशनद्वारा लसएन्जल्समा रक्तदान कार्यक्रम

इनेप्लिज २०७२ माघ ११ गते ६:४० मा प्रकाशित

b (1024x683)

लस एन्जल्स, २४ जनवरी / आज नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ५८ जना रक्तदान गर्न उपस्थित भएकोमा ३१ जनामात्र सफल भएका थिए ।

b2 (1024x683)

विगत तीन वर्षदेखि हरेक तीन-तीन महिनामा रक्तदान गर्दै आइरहेको संस्थाले पछिल्लो पटक २० सेप्टेम्बर २०१५ मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

b3 (1024x683)
“आफ्नो संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छौ र आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा जस्ता कार्यक्रम गर्दै जानेछौ” संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठले बताए । बताउनु हुन्छ ।

b7 (1024x683)
अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।

b11 (1024x683)

b12 (1024x683)

प्रतिक्रिया