आउने भए बुद्ध बनेर आउ !

इनेप्लिज २०७२ माघ १० गते २०:२२ मा प्रकाशित

BIJAY-THAPA1

हिउ र म !!

हो धेरै फरक छ
तिमि र ममा धेरै फरक छ
किनकी तिमि जन्मदा नै सेतै
फुलेर जन्मन्छौ अनि म
जन्मेर तिमीलाई भेट्टाउन
सात दशक कुर्नु पर्छ
त्यसैले तिमि र म मा
धेरै फरक छ
म जान्दिन तिम्रो बाटो
सुल्टो हो कि उल्टो
तर म त हिडेको हुँ संसार
हिडेको बाटो
राम गए यसैगरी
बुद्ध गए यसैगरी
कृष्ण पनि गएकै हुन
यसै गरि
यो बाटो उही हो
म मात्र हैन अबस्यै अनि
सबैले जानु पर्नेछ
बाटो यहि हो , यहि नै
हुनेछ सबैको बाटो /
*********************
आउनु जानु ठुलो कुरा होइन
यहा जो पनि आउन सक्छन
जसरि पनि आउन सक्छन
कोहि बाटो देखाउन आए
कोहि बाटो पहिल्याउन आए
सक्नेले केहि गरेर गए
कोहि आफै हराएर गए
जसरि तिमि पनि बिलाएर जान्छौ
तर मलाई गुनासो छ
बिलाएर जाने संग हैन
बाटो बिराएर जाने संग /
*********************
हो तिम्रो र मेरो फरक यहाँनेर
प्रस्ट हुन जान्छ कि तिमि
जन्मदा सेतो ! अहा कति राम्रो !
चिसो र रसिलो !
यता मलाई हेर म जन्मदा
कालो धुस्रे फुस्रे जे भन
र्याले वा सिगाने !
समयको कुराइले मलाइ सफा
बनाउछ सेतो बनाउदै लैजान्छ
समय ले मेरो अपेक्ष्या
यसरि गरेको हुन्छ कि
म निस्छल बनु , म सफा बनु
म शुभ्र स्वच्छ तिमि जस्तै बनु
यसको लागि दशकौ कुर्नु पर्नेछ
मैले ,तब मात्र म सक्छु होला
तिम्रो रुप धारण गर्न
कालो जन्मेर सेतो हुन /
************************
हे हिउ तिमि किन यति कालो !
तिम्रो देखावटी सेतोभित्र लुकेको
कालो अब छर्लंग हुन्छ कि
जब बिनास को लीला तिम्रो
शुरु हुन्छ मानिसको दैनिकीमा
अबरोध गर्न थाल्छौ
सडक जाम, दुर्घटना, जनजीबन त्रस्त,
यातायात ठप्प , संकटकालको
सिर्जना !
उद्देस्श्य के हो तिम्रो सेतो
अनुहार लियर आउने ?
जाने बेलामा कालो करतूत ?
यो कदापि क्ष्यम्म्य छैन
नाउ फेरी फेरी , ठाउ फेरी फेरी
कहिँ प्रचण्ड , कहिँ उखण्ड
अबको तयारि हुदैछ रे तिम्रो
प्लाबित गर्ने भूखण्ड !
आउने भए बुद्ध बनेर आउ !
राम बनेर आउ कृष्ण बनेर जाउ !

प्रतिक्रिया