सम्पदा पुनःनिर्माण गर्ने दक्ष जनशक्तिलाई तालिम
काठमाडौँ, १० माघ । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्पदाको पुनः निर्माण गर्ने जनशक्ति तयार पार्न तालिम दिइएको छ ।
नर्वेली सरकारको सहयोगमा पुरातत्व विभागले सम्पदास्थलका ढुङ्गा र काठलाई पुरानै स्वरुप दिने सीप सिकाउन ३० जनालाई तालिम दिएको हो । यसका साथै काष्ठकला संरक्षण गर्ने सीप पनि सिकाइएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।
“पुरातात्विकस्थलको महत्वपूर्ण संरचना संरक्षण गर्न सुरक्षित स्थानमा राख्ने काम पनि गरिएको छ, यसबीचमा स्वयम्भूको शान्तिपुरमा अवस्थित ऐतिहासिक भित्तेचित्र राष्ट्रिय सङ्ग्रहालयमा लगी सुरक्षित गरिएको छ, बागदरबारबाट पनि विश्वरुपको दुर्लभचित्र सङ्ग्रहालयमै संरक्षण गरिएको छ”–उहाँले भन्नुभयो ।
भूकम्पले भत्किएका ४३ वटा सम्पदा बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गर्न लागिएको विभागले जनाएको छ । जसमध्ये स्वयम्भूको आनन्दकुटी बिहार श्रीलङ्का सरकारको अनुमानित रु २० करोडको लागतमा निर्माण हुने भएको छ । यसको बोलपत्र आह्वान गर्न लागिएको महानिर्देशक दाहालले बताउनुभयो ।
श्रीलङ्काकै रु पाँच करोड आर्थिक सहयोगमा ललितपुरको रातो मच्छेन्द्रनाथ मन्दिर पनि पुनःनिर्माण सुरु भएको छ । चालु आर्थिक वर्षमा पुरातात्विक सम्पदा संरक्षण एवम् जीर्णोद्धार र पुनःनिर्माण गर्न रु ७५ करोड बजेट छुट्याइएको प्रमुख पुरातत्व अधिकृत दामोदर गौतमले जानकारी दिनुभयो ।
“पुनःनिर्माणका लागि जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ, विभागमा हाल १७ जना इञ्जिनियरको मात्र दरबन्दी भएकाले ४० जना आर्किटक्चर इञ्जिनियर, सिभिल इञ्जिनियर १० जना र १५ जना सव इञ्जिनियर भर्ना गर्न लागिएको छ”–उहाँले भन्नुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया