सहिद सप्ताह सुरु

इनेप्लिज २०७२ माघ १० गते ५:५९ मा प्रकाशित

काठमाडौँ, १० माघ । राणाशासनविरुद्ध जनतालाई एकजुट शिक्षित बनाएकोे आरोपमा मृत्युदण्ड दिइएका चार सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको संयोजनमा सप्ताह आयोजक मूल समारोह समिति गठन गरी चार सहिदलाई मृत्युदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिने कार्यक्रम छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङकाअनुसार विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाको सहभागितामा सहिद सप्ताहको आयोजना गरिँदै आएको छ ।

तत्कालीन राणा शासकले जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट बनाएको भन्दै विसं १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो ।

माघ १० गते पचलीमा सहिद शुक्रराज शास्त्रीलाई, १३ गने सिफलमा धर्मभक्त माथेमालाई र १५ गते गङ्गालाल र चन्दलाई शोभा भगवतीमा मृत्यदण्ड दिइएको थियो । उहाँहरुलाई सोही स्थानमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।

माघ १६ गते रत्नपार्कस्थित शान्तिबाटिकामा प्रभातफेरी गरी लैनचौरस्थित सहिद स्मारकमा गएर कार्यक्रम गरिने छ ।

प्रतिक्रिया