आइतबार, माघ ४ २०७७
काठमाडौं ११:५५
वासिङटन डिसी 01:10

लाङटाङमा प्लाइउड

इनेप्लिज २०७२ माघ १० गते ५:५५ मा प्रकाशित

धुन्चे (रसुवा), १० माघ । भूकम्पले क्षति पुर्‍याएको लाङटाङ क्षेत्रमा आवास निर्माणका लागि पहिलो चरणमा प्लाइउड ढुवानी सम्पन्न भएको छ ।

लाङटाङ पुनःनिर्माण समितिको पहलमा गैससबाट प्राप्त प्लाइउड हेलिकोप्टरद्वारा लाङटाङ पु¥याउने कार्य सम्पन्न भएको स्थानीयवासी ग्याल्लो तामाङले बताउनुभयो ।

लाङटाङका भूकम्पपीडित ११६ घर परिवारलाई घरको पुनःनिर्माण गर्न र समुद्री सतहबाट तीन हजार ६०० भन्दा माथिको बस्ती भएका कारण घरभित्र न्यानोपनका लागि प्लाइउड व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया