तीन सय बालबालिकालाई ज्याकेट

इनेप्लिज २०७२ माघ १० गते ५:५४ मा प्रकाशित

सुरुङ्गा (झापा), १० माघ । सामाजिक क्षेत्रमा क्रियाशील सूर्योेदय बाल अनाथ आश्रम काठमाडौँले दक्षिणी झापाको राजगढका विपन्न समुदायका ३०० बालबालिकालाई शनिबार र आइतबार ज्याकेट वितरण गरेको छ ।

एससीएआई अस्टेलियन संस्थाको सहयोगमा सञ्चालित उक्त आश्रमले राजगढका नौवटै वडाका १५ वर्षमुनिका विपन्न समुदायका बालबालिकालाई झन्डै रु ५०० मूल्य(प्रतिज्याकेट)को ज्याकेट प्रदान गरिएको आश्रम राजगढका कार्यक्रम संयोजक सीता शिवाकोटीले जानकारी दिनुभयो ।

संस्थाका कार्यक्रम निर्देशक सुनमाया तामाङको उपस्थितिमा उपस्थितिमा आदिवासी, सन्थाल, मुसलमान र विपन्न समुदायका बालबालिकाका घर घर पुगेर कपडा वितरण गरिएको बताइएको छ । संस्थाले छ वर्षदेखि राजगढ गाविसभित्र रहेका छ सामुदायिक विद्यालयमा अध्ययनरत ९३ विद्यार्थीका लागि शैक्षिक तथा लत्ताकपडासहितको व्यवस्था र प्रत्येक वर्ष विपन्न समुदायका बालबालिकाका लागि रु साढे ६ लाख बराबरको छात्रवृत्ति पनि प्रदान गर्दै आएको कार्यक्रम संयोजक शिवाकोटीले बताउनुभयो ।

प्रतिक्रिया