स्वास्थ्यचौकीमा प्रसुति सेवा

इनेप्लिज २०७२ माघ १० गते ३:०६ मा प्रकाशित

parsutiसल्यान, १० माघ । देवस्थल गाविसमा रहेको स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सल्यानले स्वास्थ्य चौकीमा प्रसुतिका लागि उपकरण उपलव्ध गराएपछि सो सेवा सुरु गरिएको हो ।
स्वास्थ्य चौकीमा प्रसुतिका लागि अत्यावश्यक उपकरणको अभावमा सेवा सुरु हुन सकेको थिएन । प्रसुति सेवा नहँुदा त्यस क्षेत्रमा रहेका १०५ गाविसका महिला प्रसुतिका लागि नेपालगन्ज, सुर्खेत लगायत अस्पतालहरुमा पुग्नु पर्ने बाध्यता थियो । रेडक्रसले करिब रु तीन लाख ५० हजार बराबरका उपकरण उपलब्ध गराएपछि सेवा सुरु गरिएको स्वास्थ्य चौकी इन्चार्ज वासुदेव पोखरेलले वताउनुभयो ।

प्रतिक्रिया