सयभन्दा बढीको आँखा शल्यक्रिया
इनेप्लिज
२०७२ माघ १० गते ३:०४ मा प्रकाशित
मेलम्ची, १० माघ । तिलगङ्गा आँखा प्रतिष्ठान र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १०९ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गत शुक्रबारदेखि शनिबारसम्म भएको दुईदिने आँखा शिविरमा मोतीबिन्दुदेखि लिएर आँखामा मासु पलाउने, आँखा पाक्ने र सामान्य आँखा जाँचको निःशुल्क उपचारका साथ औषधि वितरण गरिएको आँखा प्रतिष्ठानका कार्यक्रम संयोजक कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
शिविरका मूल व्यवस्थापक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले आँखा शिविरबाट ६०० भन्दा बढी लाभान्वित भएको र सबैभन्दा बढी आँखा जाँच गराउनेमा ५० वर्षभन्दा माथिका वृद्धवृद्धा रहेको जानकारी दिनुभयो ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया