बिहीबार, माघ ८ २०७७
काठमाडौं २२:३८
वासिङटन डिसी 11:53

अपरिबर्तन (लघु कथा)

इनेप्लिज २०७२ माघ ९ गते १८:४३ मा प्रकाशित

prakash nepal

दुइ जना केटाहरु बसमा कुरा कानी गर्दै थिए …

पहिलो:  अब त युबा पुस्ताको ‘चान्स’ आउनु पर्छ यार- देश बनाउन..
दोस्रो: हो नि |  तर शुरु गर्ने कसले ?  अवाज निकाल्ने कल्ले ? बुढाहरुलाई भन्ने कल्ले ?
पहिलो:  हामी सबैले |
दोस्रो: त्यसो भए तँ नै शुरु गर्न त ?
पहिले केटा चुपचाप टोलाई रह्यो | मन मनै सोच्यो ‘यति जिन्दगी भरको लगानी छ यो पार्टीमा …मैले अलिकन बोले भने मात्रै सडकमा हुन्छु |  भै को …म यो ‘रिस्क’ लिन सक्दिन |

बसको यात्रा पनि सकिएछ…कन्डक्टर करायो …’ए सुन्दरी जल …सुन्दरी जल”|

प्रतिक्रिया