प्रकृति संग जुध्न शक्ती कसैसंग पनि हुदैन

इनेप्लिज २०७२ माघ ९ गते १८:२९ मा प्रकाशित

puskar pant

अमेरीकामा प्राय जसो बर्षेनी चिसोको समयमा हिमपात पर्ने गर्दछ l यहि हिमपातले बर्षेनी अमेरीकी बासीहरुलाई सताउने गर्छ र आपत बिपत पनि पारी रहेकै हुन्छ l प्रकृतिको बरदान हो या खेल कसैले बुझ्नै सकेको छैन l हुन पनि हो प्रकृतिलाई न कसैले रोक्न सक्छ नत छेक्न नै l अमेरीकालाई बर्षेनी हिमपात पर्नु काउसो जस्तै भएको छ l

अमेरीका विश्वमै शक्तीशाली देशमा गनिन्छ l विश्वभरिकै मानिसहरु यही अाउन मरीहत्ते गर्छन l ससारलाई चलाएको छ यही अनेरीकाले l विश्वमा घट्ने घटना प्रती नीकै नै चासो राख्छ यो अमेरीका l कोही कसैलाई ढीम्कीन दिदैंन l आफु सधै माथिल्लो शक्तिमा रहन चाहन्छ l तर अमेरीकालाई सताउने गरेको छ बर्षेनी पर्नै हिमपातले l

यस्लाई कस्ले रोक्न सक्छ प्रकृतिको नियम न हो l यो हिमपात संग चै अमेरीका अवस्य हारेको छ l प्रकृति संग डराएको छ lकेही गर्ने आट र क्षमता छैन अमेरीका संग l गुपचुप छ मौन छ l स्कुल कलेज बन्द छ l काम काज ठप्प छ l चारैतीर संकटकालिन घोषणा भएको छ l मान्छेहरु डराई रहेका छन l त्रासमा छन l हो प्रकृतिसंग कसैको डेक चल्दैन। संसारलाई हल्लाउने अमेरीका प्रकृ्तीसंग झुक्नै पर्छ l यो ध्रुब सत्य हो l जोसंग जती क्षमता छ उस्ले त्यति मात्र गर्ने सक्छ l हे अमेरीका तिमीले यो दैवीक प्रकोपलाई किन रोक्न सकेनौ l आफ्नो शक्तिको चुनौती कीन देखाउन सकेनौ ?

किनकी तिमि संग कुनै हतीयार नै छैन l जुन तिमि युद्धमा प्रयोग गर्छौ l प्रकृति संग युद्ध गर्ने हतियार तिमीले बनाउन सकेनौ l सम्पूर्ण मानवलाई चाहिने सुबिधा बनायौ l तर प्रकृतिलाई चुनौती दिने यन्त्र बनाउन सकेनौ l जो संग जे जति शक्ती र क्षमता भए पनि प्रकृति संग जुध्नक्षमता र शक्ती कसैसंग पनि हुदैन !

प्रतिक्रिया