हेम सरिता फाउण्डेशनद्वारा भुकम्प पिडितलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ माघ ९ गते १७:५७ मा प्रकाशित

12509878_10156553332590220_2683456835656047343_n

काठमाडौं, २०७२ माघ ९
हेम सरिता फाउण्डेशनले काठमाडौंको शंकरापुर नगरपालिकाको घुमारका भुकम्प पिडित परिवारका लागि नगद २० हजार डलर आर्थिक सहयोग प्रदान गरेको छ । भुकम्पमा परी घरवार क्षति भएका तथा चरम गरीबीको अवस्थामा रहेका व्यक्तिहरुलाई आय आर्जन गर्ने प्रतिवद्धता र प्रस्तावका आधारमा २० हजारदेखि एक लाख सम्म नगद आर्थिक सहयोग प्रदान गरिएको हो ।

DEF_4021

एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सो समारोहमा उनीहरुलाई आय आर्जन आर्थिक सहयोग रकम हस्तान्तरण गरे । स्थानीय समुदायको सिफारिसमा सो रकम प्रदान गरिएको हो ।

DEF_4068

त्यसैगरी फाउण्डेशनले घुमारस्थित उग्रतार माध्यमिक विद्यालयको भुकम्पबाट क्षति भएको एउटा भवन पुनर्निमाण गरेको छ । करिव ६ लाखको लागतमा पुनर्निर्माण गरिएको सो भवन सोही सुमारोहमा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा विद्यालयका प्रअलाई हस्तान्तरण गरे । सो विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न विगत पाँच वर्षदेखि हेम सरिता पाठक फाउण्डेशनले ठूलो लगानी गरेको छ । फाउण्डेशनका तर्फबाट भवन निर्माण,छात्रवृत्ति र थप शिक्षकको व्यवस्थाका लागि गरी ९४ लाख खर्च गरिसकेको छ ।

DEF_4138

पाठक फाउण्डेशन,युएस नेपाल वेलफेयर सासाइटी र अमेरिकाकै गामा नामका संस्थाको संयुक्त सहभागितामा सोही क्षेत्रका भुकम्प पिडितका लागि १० वटा निजी आवास बनाउन सुरु गरिएको छ । निर्माण सम्पन्न भइसकेको एउटा घर आजै प्रमुख अतिथी पूर्व प्रधानमन्त्री नेपालले हस्तान्तरण गरे । सो घर भुकम्पबाट घरवारबिहीन भएकी एकल महिलालाई हस्तान्तरण गरियो ।

फाउण्डेशनका अध्यक्ष नारायण पुरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भुकम्प पिडितका लागि नगद सहयोग र निजी घर निर्माण गरेर फाउण्डेशनले उदाहरणीय काम गरेको बताए । यस्ता कामले सबैलाई हौसला र प्रेरणा मिल्ने पनि नेता नेपालले बताए ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष नारायण पुरी, संस्थापक सरक्षक हेम पाठक, मह जोडीका मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, आईजी विज्ञानराज शर्मा, साहित्यकारहरु राधेश्याम लेकाली, युबराज नयाघरे, संचारकर्मी रबि लामिछाने, स्कुलका अध्यक्ष हितमान तामाङ्ग, हेडसर डम्बर ग्लान, निगम हुमागाई, राम सिटौला लगायतकाले आ-आफ्नो मन्तब्य राख्नु भयो |

कार्यक्रममा गीत र कविताहरु पनि प्रस्तुत गरिएको थियो | मदनकृष्ण श्रेष्ठ, कमला रिसाल बि. के., यमन श्रेष्ठ, सोना अमात्य, कृष्ण कंडेल, बिर ब. तामाङ्ग, गरिमा भट्टराइ आदिले आ-आफ्नो गीतहरु प्रस्तुत गर्नु भएको थियो |

प्रतिक्रिया