कारको ठक्करबाट एक जंगलीजनावर हरिणको मृत्यु

इनेप्लिज २०७२ माघ ९ गते १३:३२ मा प्रकाशित

12583880_764760956988529_288205202_n

माघ ९ गते पथरी ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बयरवन ९ स्थीत कानेपाखरीमा पश्चिम तर्फ गइरहेको कारको ठक्करबाट एक जंगलीजनावर हरिणको मृत्यु भएको छ । शनिबार विहान दक्षिणबाट सडक क्रश गरेर उत्तर तर्फ जाने क्रममा नम्बर नखुलेको कारमा ठोक्कीएर घटना स्थलमै मृत्यु भएको अस्थाई प्रहरी चौकीका असई निधि तिम्सीनाले बताए । कारको चक्कामा ठोक्कीएर हरिण मृत्यु भएपछि कार त्यहाँबाट फरार भएको प्रत्यक्ष दर्शीलाई उद्धत गर्दै प्रहरीले बताए । मृत हरिणलाई सेक्टर वनकार्यालय बेलबारीमा मुजुल्का बनाई खाल्ट खनी ‘फरेड’ नामक औषधि लगाएर शनिबार नै पुरेको छ ।

प्रतिक्रिया