चेपाङलाई न्यानो

इनेप्लिज २०७२ माघ ९ गते १३:१९ मा प्रकाशित

DSCI2763
रत्ननगर,माघ,०९
सत्यसाई केन्द्र नारायणघाटका यूवा समितिले चितवनको बिकट काउले गाविसका १ र २ नम्बर वडाका ५० घर चेपाङ परिवारलाई जाडोबाट बच्न ब्लाङ्केट लत्ता कपडा र खाद्यान्न बितरण गरेको छ । गामबेसि चेपाङ संरक्षण केन्द्रको संयोजनमा सो सामग्री बितरण गरीएको हो ।

DSCI2766काउलेका सप्रेनि,जईथली र भाराङका विपन्न चेपाङहरुलाई शक्तिखोरको हेल्थपोष्टमा झारेर प्रतिपरिवार दुई वटा ब्लाङ्केट १०÷१० थान लत्ताकपडा, चामल,तेल र नुन सहयोग गरिएको हो । कार्यक्रममा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले आफूहरुले गत अशोज महिनाबाट लोथर देखि न्यानो कपडा वितरण कार्यक्रम सुरु गरी हाल सम्म पहाडी गाविसका तीन दर्जन बढि स्थानका भूकम्प पिडीत र बिपन्न चेपाङ परिवारलाई उनीहरुको अवस्था हेरी जाकेट,ब्लाङ्केट,लत्ताकपडा र खाद्यान्न सहयोग गरीएको बताउनुभयो । कार्यक्रममा सत्यसाई केन्द्र युवासमितिका होमनाथ देवकोटा,निकिता श्रेष्ठ,उज्वल पोख्रेल,दिवाकर पोख्रेल,जलमा श्रेष्ठ, रोहित थापा,निशान थापा,सुदिप आले,सिता श्रेष्ठ र नितेष भण्डारीको सहभागीता रहेको थिए ।

DSCI2701

प्रतिक्रिया