“बन्दैन देश विप्रेषणले”

इनेप्लिज २०७२ माघ ८ गते १४:१३ मा प्रकाशित

गौतम उदय

शिखरको उचाइ हेरेर, नापिन्न हेर उचाइ देशको

अरुको हाईहाई भजेर, थपिन्न सान कहिलै हाम्रो

थपिन्न सान कहिलै हाम्रो |

केही छैन यहाँ भनेरमात्र, उम्रिन्न आफै बिकासको बुटो

सुकिलो-मुकिलो बनेरमात्र, पन्छिन्न आफै ढुंगा र माटो

भरिन्न पेट पुस्तौंसम्म, अरुअरुको अनुदानले

बन्दैन देश नसृजेसम्म, हाम्रो आफ्नै बाहुबलले

हाम्रो आफ्नै बाहुबलले |

नेपालको सिमाना भित्रै, रुकाउनु पर्छ पाइला हाम्रा

हिमालको सीमा नकट्दै, टुटाउनु पर्छ सपना हाम्रा

धानिन्न देश अनन्तसम्म, विदेशको विप्रेषणले

बन्दैन देश नसिंचेसम्म, नेपालीहरुकै पसिनाले

नेपालीहरुकै पसिनाले |

प्रतिक्रिया