पुर्वयुवराज पारश शाहले मोबाईल महा एक्स्पोेको प्रदर्शनीको उद्घाटन गरेका छन ।
पारश शाहले नेपालकै सबैभन्दा ठुलो मोबाईल बजार दाबी गरीएको ललीतपुर स्थित संचयकोषको भवनको दोस्रो तलामा रहेको मोबाईल बजारमा आयोजना गरीएको एक्स्पोेकोे उद्घाटन गरेका हुन । उक्त बजारमा यो दोस्रो एक्स्पोे आयोजना गरीएको हो ।
हिजो आज औपचारीका कार्यक्रममा निकै चाख राख्दै सहभागी हुदै आएका पारश शाह बहिनी शितास्मा शाहका साथ कार्यक्रममा उपथस्ति भएका थिए । निकै छोटो समय कार्यक्रममा बिताएका पारशले कार्यक्रम उद्घाटन पश्चात मोबाईल बजार अबलोकन गरेका थिए । संचार कर्मीलाई कुनै प्रतिक्रीया नदिएका पारश शाहले अन्तमा धन्यवाद मात्र भनेर बिदा भए ।
प्रतिक्रिया