जन्ती बोकेको ट्याक्सी दुर्घटना हुँदा चार घाइते

इनेप्लिज २०७२ माघ ८ गते १२:५३ मा प्रकाशित

पाँचथर, ८ माघ । मेची राजमार्गअन्तर्गत पाँचथरको भारपा–७ स्थित कोपिलेमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा तेह्रथुम सक्रान्ति–६ बस्ने चन्द्रबहादुर तामाङ, रमेश तामाङ, रीता तामाङ तथा सुभाङ–३ बस्ने रामकुमार तामाङ रहेका छन् । घाइतेको उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । भारपाबाट बिहेको जन्ती लिएर तेह्रथुमको सक्रान्तितर्फ आउँदै गरेको मे१ज ८८१ नम्बरको जिप र पाँचथर सदरमुकाम फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे१ज १७१६ नम्बरको जिप आपसमा ठोक्ँिकदा सो दुर्घटना भएको प्रहरीले हो ।

घाइतेको उद्धारका निम्ति अहिले जिल्लाबाट प्रहरी खटाइएको छ । दुबै चालक मे१ज ८८१का चालक सक्रान्ति–६ बस्ने मिलन तामाङ र मे१ज १७१६ नम्बरको चालक भारपा–८ बस्ने बद्री सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया