उनानसत्तरी करोडको अदुवा बिक्री
इलाम, ८ माघ । भारतीय नाकाबन्दीका बाबजुद पनि यो वर्ष जिल्लाबाट रु ६९ करोडको अदुवा भारत निर्यात भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार ४५ हजार ९९४ मेट्रिक टन अदुवा उत्पादन भएकोमा १८ हजार ३९८ मेट्रिक टन मात्र निकासी भएको हो । गत वर्षको तुलानमा ६२ प्रतिशतले निर्यातमा कमी आएको छ ।
गत वर्ष प्रतिमन रु तीन हजारका दरले अदुवा बिक्री भए पनि यसवर्ष मूल्यमा ५० प्रतिशतले कमी आएको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । गत वर्ष जिल्लामा रु तीन अर्ब २१ करोड, २५ लाख ८० हजारको अदुवा बिक्री भएको थियो । उत्पादित अदुवामध्ये २७ हजार ५९६ मेट्रिक टन बीउ तथा उपभोगका लागि किसानले भण्डारण गरेका छन् ।
जिल्लाको तीन हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो भने इरौँटार, बरबोटे, नामसालिङ, एकतप्पा, शान्तिडाँडा, दानाबारी, लक्ष्मीपुर, मङ्गलवारे, धुसेनी, फिक्कल गाविस अदुवाका पकेट क्षेत्र हुन् ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया