नेपाललाई अझैपनि हिन्दू राष्ट्र घोषणा गर्न सकिन्छ: देउवा
इनेप्लिज
२०७२ माघ ७ गते २०:२८ मा प्रकाशित
दाङ, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाललाई अझैपनि हिन्दू राष्ट्र घोषणा गर्न सकिने बताउनुभएको छ । १३ औं महाधिवेशनमा सभापतिको दाबेदार रहनुभएका नेता देउवाले बुधबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नचाहँदा नचाहँदै पनि आफूले धर्मनिरपेक्षता मान्नुपरेको खुलासा गर्नुभयो ।
उहाँले भन्नुभयो- संसदमा हाम्रो पार्टीको दुइ तिहाई बहुमत भएन । यही भएर धर्मनिरपेक्ष घोषणा गर्न बाध्य भएँ । अब नेपाल हिन्दू राष्ट्र हुन सक्छ ।’ उहाँले ८० प्रतिशत जनताको हिन्दुधर्म कायम राख्नुपर्ने चाहाना भएकाले कांग्रेसको बहुमत भएमा हिन्दू राष्ट्र घोषणा गर्न सकिने भनाई राख्नुभयो । संसदको चौथो दल राप्रपा नेपालले पनि हिन्दू राष्ट्र घोषणाको माग राख्दै आएको छ ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया