ह्वाल्ह्वाल्ती सृजनाहरु-कविता

इनेप्लिज २०७२ माघ ७ गते १६:५५ मा प्रकाशित

 

DSCN7202 - 2

राती सुत्ने बेला
ह्वाल्ह्वाल्ती सृजनाहरु
लगातार आउँछन्, पोखिन्छन्
तर चकमन्न अँध्यारो भएको बेला
सबैजना सुतिसकेका हुन्छन्
आफ्नो मनमा फुरेका सृजनाहरु
त्यस्तै भएर उठेर
आफ्नो स्वार्थको लागि
अरुको निद्रा बिगारेर
बत्ती बाली लेख्ने कुरा आउँदैन

त्यसैले एक दिन मैले
अँध्यारोमै कापीमा सिसाकलमले लेख्न थालेँ
यसले गर्दा तत्कालै फुरेका सृजनाहरु
सेलाउन पाउँदैनन्

र अन्त्यमा,
मैले कापी र सिसाकलम लिएर
ह्वाल्ह्वाल्ती पोखिएका सृजनाहरु
अँध्यारोमा आँखा चिम्लेर लेख्न थालेँ
यसले मलाई अघिपछि उज्यालोमा
लेखेजस्तै भान गरायो र
अघिपछिजस्तै निस्फिक्रिसाथ लेखेँ

 

(समाप्त)

 

प्रतिक्रिया